Nepal Face
  • शुक्रबार, १४ कार्तिक २०८३
  • माधव नेपाल न्युजिल्याण्ड प्रस्थान


    शुक्रबार, जेष्ठ १२ २०८०
    2.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल न्युजिल्याण्ड प्रस्थान गरेका छन् । अध्यक्ष नेपाल ७०औँ माउन्ट एभरेष्ट सेलेव्रेशन डे मा सहभागी हुन आज न्युजिल्याण्ड प्रस्थान गरेका हुन् ।

    तेञ्जिङनोर्गे शेर्पा र एडमिन हिलारीले पहिलो पटक सर्वोच्च हिमशिखर सगरमाथा आरोहणको ७० वर्ष पुगेका अवसरमा सोमबार न्युजिल्याण्डमा आयोजना गरिने सभालाई अध्यक्ष नेपालले विशिष्ट अतिथिका रुपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

    अध्यक्ष नेपालले न्युजिल्याण्ड सरकारका प्रतिनिधिसँग दुई देशीय हितका पक्षमा छलफल समेत गर्ने छन् । करिब एक साताको भ्रमणका क्रममा उनी अष्ट्रेलियाको सिड्नीमा गैरआवासीय नेपाली सङ्घ तथा प्रवासी नेपाली एकता मञ्चले गर्ने कार्यक्रममा पनि सहभागी हुने बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार