राजविराज। सप्तरीको सखडा सडक खण्डमा आज शुक्रबार अपराह्न भएको मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु भएको छ। त्यहि दुर्घटनामा एक जना घाइते भएका छन् ।
मृत्यु हुनेहरुमा छिन्नमस्ता ३ का १८ वर्षीय श्यामकुमार यादव र ३० वर्षीय विकासकुमार खंग रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी सख्त घाइते भएका श्यामकुमार र विकासकुमारलाई उपचारका लागि राजविराजस्थित छिन्नमस्ता अस्पताल ल्याइएकोमा उपचारका क्रममा दुबै जनाको मृत्यु भएको हो ।
दुर्घटनामा स्थानीय अजयकुमार खंग घाइते भएका छन् । राजविराजबाट सखडातर्फ जाँदै गरेको प्र २–०१–००२–प २५६० नम्बरको मोटरसाइकल छिन्नमस्ता ३ स्थित नर्सिङ थान नजिकै बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको हो ।
मोटरसाइकलमा तीन जना सवार थिए । घाइते अजयको स्थानीय क्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं । चर्चित रेस्टुरेन्ट सेकुवा बाई किलोले भोटेकोशी बाढीबाट प्रभावित परिवारहरूको सहयोगका लागि रु. २० लाख ११ हजार १ सय ११ सहयोग गरेको छ...
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend