काठमाडौं । सन २०१४ मा युक्रेनबाट अलग हुने जनमत संग्रह गरेर रुसमा गाभिएको क्राइमियाको जनमत संग्रह बैधानिक भएको फ्रान्सेली नेत्री मारी ले पेनले उल्लेख गरेकी छन्।
युरोप अमेरिकी शक्तिहरुले उक्त जनमत संग्रहलाई मान्यता नदिएको बेला बुधबार फ्रान्सको तल्लो सदनमा बोल्दै पेनले भनेकी छन्,‘म जनमतसंग्रहको पक्षमा छु। मलाई लाग्छ क्राइमियाका नागरिकले रुससँग पुनः एकता गर्ने अभिमत स्वतन्त्ररुपमा दिएका छन् । मलाई लाग्छ त्यो पूर्णरूपमा बैधानिक थियो।’
बिगतको छ दशक अगाडि मात्र क्राइमिया रुसबाट युक्रेनमा आएको भन्दै उनले यो स्वभाविक भएको बताएकी छिन् । जनमतसंग्रह पछि क्राइमियाका कोहि पनि शरणार्थी नभएको र आफूले क्राइमिया भ्रमणमा पुग्दा जनमत संग्रहमा स्थानीयले सहमत गरेको पेनले बताएकी छन् ।
हालसालै मात्रै होइन सन २०१७ मा पनि पेनले जनमतसंग्रह बैधानिक भएको फ्रान्सेली मिडिया देखि अमेरिकी मिडिया सिएनएनलाई बताएकी थिइन्। उनलाई त्यसो भनेबापत युक्रेनले भने प्रतिबन्ध लगाएको छ।
पेनले क्राइमियाको जनमतसंग्रहको पक्षमा पुनः सार्वजनिक अभिव्यक्ति दिएपछि रुसि मिडिया आरटीदेखि समाचार एजेन्सी तासले प्राथमिकताका साथ उक्त समाचार आएको छ।
एजेन्सी । भारतको मध्य प्रदेशमा नक्कली मदिरा सेवनबाट पछिल्ला केही दिनमा करिब १५ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी व्यक्ति सरकारी अस्पतालमा...
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले विजय हासिल गरेपछि तेलको मूल्य तीव्र रूपमा घट्ने र पेट्रोलको मूल्य प्रतिग्यालन दुई अमेरिकी डलरभन्दा...
काठमाडौँ । पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो र उनकी लामो समयदेखिकी प्रेमिका जर्जिना रोड्रिग्वेजले विवाह गरेका छन्। उनीहरूले मंगलबार पोर्चुगलको कास्काइसमा एक निजी नागरिक समारोहबीच...
काठमाडौँ । कोलम्बियाको पश्चिमी क्षेत्रमा सोमबार गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १८८ पुगेको छ । कोलम्बियन एसोसिएसन अफ क्यापिटल सिटीजले मंगलवार...
काठमाडौं । कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १३२ जनाको मृत्यु भएको छ । सयौं मानिस अझै बेपत्ता छन् । सरकारले प्रारम्भिक रूपमा १११...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend