काठमाडौं । इन्टर मिलान कोपा इटालियाको च्याम्पियन बनेको छ । फियोरेन्टिनालाई २–१ ले पराजित गर्दै इन्टरमिलान कोपा इटालियाको च्याम्पियन बनेको हो ।
रोममा बुधबार राति भएको फाइनल खेलमा भएका सबै तीनवटा गोल पहिलो हाफमा नै भएको थियो । जसअनुसार तेस्रो मिनेटमा नै निकोलस गोन्जालेले सुरुवाती गोल गरेपछि फियोरेन्टिनाले १–० को अग्रता लिन सफल भएको थियो तर २९औं मिनेटमा मिलानका लागि लोउटारो मार्टिनेजले गोल गरे पछि खेललाई १–१ बराबरीमा आईपुगेको थियो ।
त्यसमाथि ३७औं मिनेटमा मार्टिनेजले गोल गर्दै इन्टरलाई खेलमा पहिलो हाफमा नै २–१ को अग्रता दिलाउन सफल भए । तर, दोस्रो हाफमा प्रतिस्पर्धात्मक खेल भएपनि दुबै पक्षवाट गोल हुन नसके पछि २–१ मा नै खेल टुंगिन पुगे पछि मिलान बिजेता बन्न पुग्यो ।
सन् २०२१–२२ को सिजन पनि इन्टर मिलान च्याम्पियन बनेको थियो । युभेन्ट्सलाई पराजित गर्दै उपाधि जित्न सफल भएको मिलान लगातार दोस्रो पटक विजेता बन्न सफल भएको हो । यो च्याम्पियनसँगै मिलानले कोपा इटालियाको नवौं पटक च्याम्पियन बन्न पुगेको छ ।
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend