काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने प्रकरणको अनुसन्धानले नेपाल प्रहरीभित्रको आन्तरिक टक्कर सतहमा आएको छ । एकै ब्याचका आइजिपी र एआइजिपीबीच यस्तो टक्कर सतहमा आएको हो । खासगरी आइजिपी वसन्त कुँवर र सचिव टेकनारायण पाण्डेबीचको संवादको स्क्रिन सट सार्वजनिक भएपछि प्रहरीभित्रको टक्कर सतहमा आएको हो ।
एकै ब्याचका तर अहिले आइजिपी भएका कुँवर र एआइजिपी श्याम ज्ञवालीबीचको टक्कर सतहमा आएको हो । एआइजी ज्ञवालीमा तहतमा अनुसन्धान भइरहेको भुटानी शरणार्थी प्रकरणमा एक वर्षअघि एसएसपी रहेका हालका आइजिपी कुँवर र सचिव पाण्डेबीच भएको संवाद सार्वजनिक गर्ने भूमिकामा ज्ञवाली रहेको भन्दै कुँवरले असन्तुष्टि व्यक्त गरेका छन् ।
२०७९ असार ८ गते डिआइजीमा बढुवाबाट सुरु भएको कुँवर र ज्ञवालीबीच शक्तिकेन्द्रनजिकमा को पुग्ने र को महानिरीक्षक बन्ने भन्ने विवाद अहिले उत्कर्षमा पुगेको र एसएमएस संवाद सार्वजनिक भएको हो । त्यतिबेला पछाडिबाट १२ औं नम्बरमा रहेका कुँवर एक नम्बरमा बढुवा भएपछि ज्ञवाली भने ५ नम्बरमा डिआइजी भएका थिए । आफ्नो एक नम्बर बरियता कायम राख्दै कुँवर आइजिपी भएका थिए ।
त्यसअघि मन्त्रिस्तरीय निर्णयबाट २०७८ पुस २२ गते कुँवर उपत्यका अपराध अनुसन्धान कार्यालयमा गएका थिए। उनी त्यहाँ २०७९ असार १७ गतेसम्म कार्यरत रहे । त्यसक्रममा नक्कली भुटानी शरणार्थी पीडितहरूको उजुरीका आधारमा २०७९ जेठ २८ गते केशव दुलाल र टंक गुरुङ पक्राउ परेका थिए । तर उनीहरूलाई सामान्य सोधपुछ गरेर रेकर्ड नै नराखी सचिव पाण्डेको दबावमा छाडिएको थियो ।
सो रेकर्डमै नराखी छाडिएको घटना अहिले बाहिर ल्याइएपछि यसको दोष ज्ञवालीमाथि गएको छ । आइजिपीका प्रतिस्पर्धी भएका कारण ज्ञवालीले कुँवरबारे यस्ता विषयहरू बाहिर ल्याएको हुन सक्ने आशंका आइजिपी स्वयंले गरेको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ । यो समाचार नागरिक दैनिकमा छ ।
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
काठमाडौँ। जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले फेरि पक्राउ गरेको छ। पत्रकार श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आज बिहान नक्खुस्थित घरमै पुगेर नियन्त्रणमा लिएको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जनतालाई केन्द्रमा राखेर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । शुक्रवार ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै...
काठमाडौँ । मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण तथा बायोमेट्रिक गर्ने संस्थाका सञ्चालक पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मलेसिया जाने कामदारको बायोमेट्रिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend