Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • ढोरपाटनका मेयरलाई एमालेले गर्‍यो निलम्बन


    बुधबार, जेष्ठ १० २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सहकारीबाट करोडौं अपचलनको आरोपमा फरार ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई नेकपा एमालेले निलम्बन गरेको छ। एमाले गण्डकी प्रदेश कमिटीको बैठकले उनलाई निलम्बन गर्ने निर्णय गरेको हो ।

    सहकारीका बागलुङ र पोखराका बचतकर्ताले प्रशासनमा उजुरी दिएको र अध्यक्ष नेपालीलाई अध्यागमन विभागले विदेश यात्रामा रोक लगाएको भन्दै एमालेले छानबिनका लागि निलम्बन गरेको बताएको छ । घटनाको निरुपण नहुँदासम्मका लागि प्रदेश कमिटी सदस्यबाट निलम्बन गरिएको प्रदेश कमिटीले जानकारी दिएको छ ।

    सहकारीमा बचत गरेका सर्वसाधारण नागरिकले आफ्नो रकम फिर्ता माग्न थालेपछि नेपाली गत आइतबारदेखि सम्पर्कविहीन छन्।

    पोखरा र बागलुङमा इमेज बचत तथा ऋण सहकारी संस्था चलाएका नेपालीले प्रारम्भिक अनुसन्धानमा २ अर्ब अपचलन गरेको पाइएको छ

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार