Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सेयर बजार: ८.१० अंकले वृद्धि, कारोबार रकम कति?


    सोमबार, जेष्ठ ८ २०८०
    1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । आज साताको दोस्रो दिन सेयर बजार ८.१० अंकको बढोत्तरी भएर नेप्से परिसूचक १८९१.३१ को विन्दुमा कायम हुन पुगेको छ ।

    अघिल्लो दिनको तुलनामा भने साेमबार कारोबार रकम घट्न पुगेको छ ।

    साेमबार सेयर बजारमा ३४ लाख ९५ हजार ७५२ कित्ता सेयर किनबेच हुँदा एक अर्ब २७ करोड ८७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

    सर्वाधिक शिवम् सिमेन्ट्सको ७ करोड ३४ लाख रुपैयाँमाथिको कारोबार भएको छ । सोल्टी होटलको ६ करोड १७ लाख,ओरियन्टल होटलको ५ करोड ३९ लाख, एनआईसी एसिया बैंकको ४ करोड ८३ लाख र राष्ट्रिय बिमा कम्पनीको ४ करोड ३३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

    साेमबार सेयर बजार बढेसँगै आत्मनिर्भर लघुवित्तको सेयर मूल्यमा साेमबार पनि सर्किट लागेको छ । युनिलिभर नेपाल लिमिटेड, गुडविल फाइनान्स लिमिटेड, सामुदायिक लघुवित्त, मायाखोला हाइड्रोपावर लगायतका अन्य कम्पनीहरुको सेयर मूल्य बढेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार