Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • डा. बाबुराम भट्टराईः पूर्वप्रधानमन्त्री कि गाली शिरोमणि ?


    सोमबार, भाद्र २२ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई सामाजिक संजालमा सक्रिय राजनीतिक नेता हुन् । तर उनले सामाजिक संजालमा गरेका टिप्पणी अति नै अशिष्ट र गालीगलौजयुक्त हुने गरेको गुनासाहरु आउने गरेका छन् ।

    पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा गरेको सम्बोधनको बारेमा डा. भट्टराईले गरेको टिप्पणी अति अशिष्ट थियो । उनले ट्वीटरमा लेखेका थिए–‘ओलीको निरंकुश, भ्रष्ट र गफाष्टक नेतृत्व !’ अर्थमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिएपछि गरेको ट्वीटमा पनि गालीगलौज नै थियो । खतिवडा अर्थमन्त्रीबाट बिदा भएपछि डा. भट्टराईले लेखेका थिए– डा. खतिवडाको विदाइमा आँसु चुहाउने ठाउँ छैन । २–३ निकट बहुमतको आडमा अर्थतन्त्रलाई गुणात्मक फड्को लगाउने अवसर उनले कनिका छरेरै बिताए । विज्ञको रूपमा पाएको शंकाको लाभ पूरै खेर फाले । ओलीको निरंकुश, भ्रष्ट र गफाष्टक नेतृत्वमा यत्तिको अर्को अर्थमन्त्री आउने सम्भावना पनि छैन । न रुनु न हाँस्नु !

    डा. भट्टराईका यी टिप्पणीलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रश्न गरेका छन्–‘सामाजिक मर्यादा र शिष्टता पोलेर खाएपछि सायद यस्तै हुन्छ कि ?’ सल्लाहकार थापाले लेखेका छन्– डा. बाबुराम भट्टराई देशको प्रधानमन्त्री भइसकेको सम्मानित व्यक्ति हो कि गाली शिरोमणि ? उनले ट्वीटमा प्रयोग गरेका केही भाषा, गालीगलौज र सन्तुलन गुमाएकोजस्तो अभिव्यक्तिबाट के बुझ्ने ? के सिक्ने ? के अनुशरण गर्ने ?

    विगत तीन बर्षसम्म अर्थमन्त्री हुँदा डा. युवराज खतिवडाका राम्रा कामको पक्षपोषण महाशयले कहिले गर्नुभएको थियो र अहिले उहाँ त्यस जिम्मेवारीबाट बिदाइ हुँदा गोहीका आँसु झारेजस्तो गर्नु र रूवाबासीको नक्कली नाटक प्रदर्शन गर्नु ?

    अरूको सम्मान नगर्नेले लोकबाट कसरी सम्मान र मर्यादा पाउँछ ? कसरी त्यसको अपेक्षा गर्नु ?

    प्रधानमन्त्री केपी शर्मा ओलीसँग आँखा जुधाएर तपाईं सामुन्नेमा उभिएर यसो भन्न सक्नुहन्छ ? केपी शर्मा ओली निरंकुश राजतन्त्रविरूद्ध गोलघर, जेल र सेलमा १४ बर्ष जेल बसिरहँदा तपाईं ‘फण्डिङ पीएचडी गर्दै हुनुहुन्थ्यो, अहिले त्यही फण्डिङको ऋण चुक्ता गर्दै हुनुहन्छ कि नुनको सोझो मात्रै ?
    जबकि ‘विप्पा संझौता गरेर जुवा खेलें’ भन्ने तपाईको आफ्नै कार्यशैली संझिनुस त ? कस्तो थियो, प्रधानमन्त्री हुँदा–जुवाडे भन्न अरूले पर्छ र ?
    जबकि न्यूयोर्क टाइम्सले २०७० सालमा ‘एसियाकै भ्रष्ट महिला’ भनेर विशेष खोज रिपोर्ट प्रकाशित गरेको समेत बिर्सनुभयो ? उहाँसँग तपाईंको के सम्बन्ध पर्छ ?

    जबकि तपाईं र तपाईंकी श्रीमतीको सत्तामा हालीमुहाली चल्दा नातावाद, कृपावाद र फरियावादले ‘माओवाद’लाई पनि धरधरी रूवाएको होइन र ?
    तपाईंको स्तरमा गिरेर लेख्न त मलाई मन छैन, तर तपाईंको तन यहाँ, मन कहाँ छ आजभोलि ? यस्तो बेचैन र असन्तुलित चाहिँ किन बनिरहनुभएको हो ?

    तपाईंहरूको तह र हैसियतमा दल, विचार र दृष्टिकोण नमिल्न सक्छन्, त्यसो हुँदैमा तपाईं यसरी मास्क मात्र लगाई अरू लुगाचाहिं लगाउनै बिर्सेर सामाजिक संजालमा निर्वस्त्र हुन सुहाउँछ त ?

    तपाईंका आफ्नै निम्न केही शब्द फेरि एकपटक पढ्नुस त, कुन बिषालु नशा वा कसको रिमोट संचालन÷सनकमा यतिसम्म लेख्न सक्नुभएको हो ?
    तपाईं रून र हाँस्न केही गर्नु पर्दैन, बरू यस्तो लेखेर दुनियाँ हँसाउनचाहिँ छाड्नुस् ।

    बहिदार बन्न सजिलो छ, बही बुझाउन गाह्रो भनेको संभवतः तपाईंको जस्तै हविगत हुँदा भनिएको होला !

    पूर्व प्रधानमन्त्री पदको गरिमा र सम्मानको यसरी आफैले खिल्ली उडाएको त जगहँसाइ नै भयो, महोदय । सल्लाहकार थापाले लेखेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार