Nepal Face
  • शनिबार, १५ कार्तिक २०८३
  • उद्योग संगठन मोरङको अध्यक्षमा सुराना निर्विरोध निर्वाचित


    शनिबार, बैशाख ३० २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। उद्योग संगठन मोरङको अध्यक्षमा राकेश सुराना निर्विरोध अध्यक्षतामा निर्वाचित भएका छन् । विराटनगरमा आज सम्पन्न भएको ५० औं साधारणसभाले सुरानालाई निर्विरोध अध्यक्षमा निर्वाचित गरेको हो ।

    २६ औं कार्य समितिको वरिष्ठ उपाध्यक्षमा नन्दकिशोर राठी, वित्तिय उपसभापतिमा राजकुमार गोल्छा, कृषि, उर्जा र जलश्रोत उपसभापतिमा भोलेश्वर दुलाल र रोजगार उपाध्यक्षमा विपीन कावरा पनि निर्विरोध चुनिएका छन् । त्यसैगरी कोषाध्यक्षमा सुवोध कोइरालासहित आठजना सदस्य पनि निर्विरोध छानिएका छन् ।

    त्यसैगरी सदस्यमा पारस लुनिया, इन्द्र खत्री, सौरभ सारडा, सुरेन्द्र गोल्छा, सुजन प्याकुरेल, दीपककुमार अग्रवाल र वीरेन्द्र राठी चुनिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार