काठमाडौं। पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका ठूला नेताहरु पक्राउ पर्नु र पार्टीबाट निलम्बनमा पर्नुमा आफूहरुको ठुलो भूमिका रहेको बताएका छन् ।
शनिबार भ्रष्टाचारविरोधी प्रदर्शनमा सहभागी हुन नक्सालस्थित नारायणचौर पुगेका उनले राष्ट्रिय स्वतन्त्र पार्टीको उदयका कारण अन्य दलहरु दबावमा परेको बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टीले गत महिना लेनदेनसम्बन्धी अडियो सार्वजनिक भएपछि सांसद ढाकाकुमार श्रेष्ठलाई साधारण सदस्य पनि नरहने गरी निष्कासन गरेको थियो ।
अहिले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ पर्नुमा र नेकपा एमालेले पार्टी सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गर्नुमा आफूहरुको भूमिका रहेको बताए ।
‘केही दलले नाम आएका आफ्ना पदाधिकारीलाई र नेतालाई निष्कासन गर्यो भन्ने सुन्यौं नि त । हिजोको परिवेश यस्तो थियो त ?’ लामिछानेले प्रश्न गरे, ‘राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिमा उदयले घण्टी त बज्यो नि ।’
विगतमा दलहरुले दलहरुले भ्रष्टाचारका पुराना फाइलहरु थाती राखेको भन्दै अब त्यो सम्भव नहुने लामिछानेले बताए । ‘हामीले त सुन्नेवित्तिकै कारबाही ग¥यौं, ७२ घण्टाभित्र साधारण सदस्य पनि नरहने गरी निष्कासन ग¥यौं, केही दलहरु छन्, वर्षौ पुराना भ्रष्टाचारका पुराना फाइल टन्न थाती राखेर धुलो लगाएर राख्छन् । अनि संरक्षण गर्छन्’ उनले भने ।
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend