Gold Price Today
काठमाडौँ । यो साता सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको छ। गत साताको अन्तिम कारोबार दिनको तुलनामा यो साता एक हजार रुपैयाँले मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको हो ।
गत साताको अन्तिम कारोबार दिन सुनको मूल्य तोलामा १ लाख ११ हजार ८०० रुपैयाँ कायम थियो । जुन, यो साताको अन्तिम कारोबार दिन अर्थात शुक्रबारसम्म आइपुग्दा १ लाख १० हजार ८०० रुपैयाँ कायम भएको छ । यस्तै, यो साता तेजाबी सुनको मूल्य १ लाख १० हजार २५० रुपैयाँ प्रतितोलामा आएर रोकिएको छ ।
यो साताको आइतबार नै सुनको मूल्य घटेर कारोबार भएको थियो । आइतबार तोलामा एकै दिन १२ सय रुपैयाँले सुनको मूल्य घटेको थियो । यस्तै, सोमबार तोलामा ३०० रुपैयाँले बढेको थियो भने मंगलबार पनि ३०० रुपैयाँले बढेको थियो ।
बुधबार पुनः ४०० बढेर बिहीबार स्थिर कायम भएको सुनको मूल्य शुक्रबार पुनः तोलामा २०० रुपैयाँले बढेर सुनको भाउ रोकिएको हो । यस्तै, यो साता चाँदीको मूल्यमा समेत भारी गिरावट आएको छ ।
गत साताको अन्तिम कारोबार दिन तोलामा १४ सय ४५ रुपैयाँ कायम रहेको चाँदीको मूल्य यो साताको शुक्रबारसम्म आइपुग्दा १३ सय ७५ रुपैयाँ कायम भएको छ । यस अवधिमा यो ७० रुपैयाँ प्रतितोलाको गिरावट हो ।
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन...
काठमाडौँ। हिजो तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको सुनको भाउ आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ आज सुनको भाउ तोलामा ३ हजार...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौं । दशैं सुरु भएसंगै सुनको भाउ ओरालो लागेको छ। विगत ४ दिनमा सुनको भाउ तोलामा ८ हजार १ सय रुपैयाँ घटेको हो । आइतबार...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले दशैंलगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई एटीएमबाटै सय रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ। राष्ट्र बैंकको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend