Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रसुवा भन्सारको तस्करीमा अख्तियारको आँखा, करोडौं भन्सार छलीमा संलग्न कर्मचारी छानबिनमा तानिए


    शुक्रबार, बैशाख २९ २०८०
    29.4K
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • काठमाडौं । देश आर्थिक संकटमा छ । राजस्व असुली अति कम भएर कर्मचारीलाई तवल खुवाउन नै धौ धौ परिरहेको अवस्था छ । तर, राजस्व संकलन गर्नका लागि अर्थमन्त्रालयले भन्सार कार्यालयमा खटाएका कर्मचारीहरुले भने भन्सार छली गर्ने कार्यलाई प्रोत्साहित गर्ने गरेको खुलासा भएको छ । पछिल्लो समय भन्सारका कर्मचारीहरु ब्यापारीहरुसँग सेटिङ गरी करोडौं भन्सार राजस्व छलीमा सरीक हुने गरेका छन् ।

    रसुवा भन्सार कार्यालयबाट महंगा ब्रान्डेड सामान ल्याउने र भन्सारमा भने सस्तो सामान ल्याएको भन्सार शुल्क तिरी ब्यापारीसँग मिलेर करोडौं राजस्व हिनामिना गर्ने कार्य हुँदैआएको गुनासोपछि भन्सार विभागले बिहीबार चीनबाट आयात गरिएको जुत्ता, भेष्ट लगायतका सामान बोकेका ट्रक बरामद गरेको छ । ट्रक खानतलासी गर्दा भन्सारमा जुत्ता(बेबी सुज), भेष्ट(चाइल्ड भेष्ट) भनेर न्यून राजस्व तिरी कस्मेटिक आइटम, जिन्स पाइन्ट, ब्रान्डेड जुत्ता र ब्रान्डेड भेष्ट सहितका सामान नेपाल भित्र्याएको फेलापरेको थियो । अमरदेव इन्टरप्राइजेजले भ्याट नम्बर ३०११३६४८८००१५९np, प्रज्ञापनपत्र नम्बर १८९१, १८८९ बाट जिन्स पाइन्ट, कस्मेटिक, जुत्ता लगायतका बिभिन्न ब्रान्डेड सामान कर्मचारीको मिलेमतोमा अति न्यून भन्सार शुल्क तिरी भित्र्याएको थियो । उक्त कम्पनीका संचालक बासु बस्नेत हुन् भने उनका सहयोगीहरु नवराज तिमिल्सना र अमृत कार्की हुन् ।

    बस्नेतले नै भित्र्याएको तस्करीको सामानका कारण १ महिनाअघि भन्सार कार्यालय बिराटनगरका प्रमुख तारा सापकोटा काठमाडौं तानिइसकेका छन् । त्यसपछि तस्करहरुले बिराटनगर भन्सारलाई सहज नमानेपछि अहिले तस्करीको रुट परिवर्तन गरी रसुवा र तातोपानी नाकालाई प्रयोग गर्दैआएका छन् । उनीहरुलाई रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक नारायण भण्डारी, अधिकृत भण्डारी र नायबसुब्बा इन्दु शर्माले आर्थिक लाभका कारण सहयोग पु¥याउँदैआएका थिए । बिहीबार भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढाको बिशेष निगरानीमा जब अमरदेव इन्टरप्राइेजजको गाडी नियन्त्रणमा पर्यो, तब तस्करीको पोल छताछुल्ल हुन पुग्यो । संचारमाध्यममा सार्वजनिक भइनसकेको यस घटनालाई सामसुम पार्न बासु बस्नेतले कांग्रेस सभापति शेरबहादुर देउवाका निजी सचिव भानु देउवालाई गुहारिरहेको स्रोतको दाबी छ । तर भानु देउवाले उनीहरुलाई आफूले नचिन्ने बताए ।

    स्मरण रहोस्, उक्त नाकाबाट ब्यापारी बस्नेत लगायतका कम्पनीले इलेक्ट्रोनिक सिगरेट, रेडिमेड, कस्मेटिक लगायतका सामानहरु भन्सारका कर्मचारीको मिलेमतोमा तस्करी गरी काठमाडौं भित्र्याउने गरेका छन् । बिहीबार चिलिमे जलविद्युत आयोजनास्थल आइपुगेका बा २ ख १७९३ र ना ६ ख ५३७२ नंं. का गाडी काठमाडौंबाट भन्सार बिभागको टोली रसुवा जाँदै गरेको सूचना पाएपछि पुनः भन्सार कार्यालय पु¥याई कर्मचारीको मिलेमतोमा पुनः सिल तोडी सामान अन्य गाडीमा राख्न लगाइएको थियो । सोही अवस्थामा विभागबाट गएको टोलीले उक्त गाडी बरामद गरी चेकजाँच गर्ने भन्सार अधिकृत बलराम भण्डारी र नासु इन्दु शर्मालाई तत्कालै बिभागीय कारबाही अगाडि बढाएको छ भने कार्यालय प्रम्खको हकमा मन्त्रालयमा कारबाहीका लागि लेखी पठाएकोमा बिचौलियाहरुले ब्यापारी तथा कर्मचारी दुबैलाई बचाउने खेल प्रारम्भ गरिसकेका छन् ।

    रसुवा भन्सारका नासु इन्दु शर्मा नेपाली कांगे्रस निकट निजामती कर्मचारी युनियनका नेता रहेको र उनले पार्टीका नेताहरुमार्फत् अर्थमन्त्री डा. प्रकाशशरण महतलाई यो काण्ड सामसुम पार्न आर्थिक प्रलोभन सहित दबाब दिएको बुझिएको छ ।

    यस घटनामा राजस्व अनुसन्धान विभागको मौनता त प्रष्ट देखिन्छ नै । तर अख्तियार स्रोत भन्छ–यो घटनालाई हामीले नजिकबाट नियालीरहेका छौं । भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढाले सामानको गलत घोषणा गरी आयात गरिएको सूचना पाएपछि छड्के जाँच गरेको थियो । उक्त भन्सार छली कार्यमा कर्मचारीको संलग्नता प्रष्ट देखिएपछि एक भन्सार अधिकृत र एक नासुलाई हामीले कारबाहीका लागि बिभागमा तानिसकेको र कार्यालयको प्रमुखको हकमा मन्त्रालयमा कारबाहीका लागि लेखेर पठाएको प्रतिक्रिया दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार