काठमाडौं । नक्कली भूटानी शरणार्थी प्रकरणले राज्यका उपल्लो तहका हाईप्रोफाइलका ब्यक्तिहरु नै धमाधम प्रहरी नियन्त्रणमा पर्दै गएको बेला कर्मचारी, ब्यापारी र सुरक्षा निकाय मिलेर कसरी तस्करी गर्दारहेछन् भन्ने कुराको पछिल्लो उदाहरण रसुवाको केरुङ भन्सार कार्यालयबाट भएको तस्करीले पुष्टि गरेको छ ।
साथै, उक्त प्रकरणको फेहरिस्त नेपालफेसले शुक्रबारै सार्वजनिक गरिसकेको छ । तर पनि उक्त घटनालाई राजनीतिक उपल्लो तहदेखि अर्थ मन्त्रालयसम्मको मिलेमतोमा ढाकछोप गर्नका निम्ति बरामद भएका सामानको २ सय प्रतिशत जरिवाना तिराई तस्करीमा संलग्न कर्मचारीलाई पुनः रसु्वामै पठाउने प्रपन्च रचिएको छ ।
अवैधरुपमा महँगा चिनियाँ रक्सीसमेत लुकाएर नेपाल छिराइएका ती कन्टेनर ६ सय बोरा ब्रान्डेड कस्मेटिक सामग्रीले भरिएका थिए । तर, बालबालिकाको जुत्ता–कपडा ल्याइएको प्रज्ञापनपत्र बनाई न्यून राजस्व तिरेर छुटाइएका थिए । ती कन्टेनर भन्सार यार्डबाट चिलिमे जलविद्युत आयोजनास्थल आइपुग्दा विभागको टोली रसुवा आउँदै गरेको सूचना लिक भएपछि चोरबाटो हुँदै रातारात दुबै कन्टेनरलाई पुनः भन्सारमा पुर्याइएको थियो । स्रोतका अनुसार ब्यापारीलाई उक्त सूचना भन्सार विभागका कर्मचारीले नै लिक गरेका थिए । उनीहरुको खोजी अहिले तीव्ररुपमा भइरहेको छ । अर्कातिर यो घटनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नजिकबाट नियालिरहेको छ ।
रसुवा भन्सार कार्यालयबाट बिहीबार छुटेका ट्रकहरु पुनः फर्काएर भन्सारको यार्डमै लैजानका लागि सशस्त्र प्रहरीले समेत साथ दिएको देखिएको छ । सशस्त्र प्रहरीको साथ र सहयोगविना मध्यराति उक्त गाडी पुनः भन्सार यार्डमा प्रवेश गर्न संभव छैन ।
बिहीबार बरामद प्रकरणपछि काठमाडौं तानिएका रसुवा भन्सार कार्यालयका अधिकृत बलराम भण्डारी र नायबसुब्बा इन्दु शर्मा राजनीतिक शक्तिकेन्द्रमा पुगेका थिए । उनीहरुलाई तत्कालै रसुवा पठाउँदा भूटानी शरणार्थी प्रकरण जस्तै आफू पनि तानिने भएकाले भन्सार विभाग उनीहरुलाई पठाइहाल्न तयार छैन ।
भन्सार विभागले भन्सार कार्यालय रसुवाका प्रमुख भन्सार प्रशासक नारायणप्रसाद भण्डारीलाई कारबाहीका लागि अर्थमन्त्रालयमा लेखी पठाएको छ । तर अर्थमन्त्रालयले आइतबारसम्म पनि उनलाई तानेको छैन । उनलाई तान्नतिर भन्दा यो काण्ड दबाउन अर्थमन्त्री डा. प्रकाशरण महत स्वयं नै लागेका छन् ।
कर्मचारीले बासु बस्नेतसँग सेटिङ मिलाएर तस्करीको लाइन चलाउँदैआएका छन् । बिराटनगर भन्सारबाट तस्करीको लाइन चलाएका बस्नेतको सामान बरामद भएपछि भन्सार प्रमुख तारा सापकोटा तानिएका थिए । उनी तानिएपछि उक्त नाकाबाट बस्नेतले तस्करी गराउन सकेनन् । इन्दु शर्मासहितको तस्करीको सेटिङमा सशस्त्र प्रहरी बल भन्सार गुल्म रसुवाका प्रमुख डीएसपी पंकज चन्दको समेत मिलेमतो स्रोतको दाबी छ । नासु शर्मा र डीएसपी चन्द पनि भानु देउवाकै संरक्षणमा रसुवा सरुवा भएको उच्च स्रोत बताउँछ ।
भन्सार यार्डबाट छुटेको गाडी १७ किलोमिटर टाढा पुगेपछि फर्काइएको र सशस्त्रले यार्डमा प्रवेश गराएको थियो । सशस्त्र प्रहरी बलका प्रवक्ता राजेन्द्र खड्का भन्छन्–‘हामी छानबिन गरी तत्काल कारबाही गर्नेछौं ।’
बासु बस्नेत, अमृत कार्की र नवराज तिमल्सिना संलग्न अमरदेव इन्टरप्राइजेजले उक्त एकैदिन भित्र्याएको सामानमा साढे ४ करोड भन्सार छली गरेको बुझाइ भन्सार विभागको छ । उनीहरुले सो दिन बा २ ख १७९३, ना ६ ख ५३७२ को गाडीमा ब्रान्डेड सामान काठमाडौं भित्र्याउँदै गर्दा भन्सार बिभागको टोलीले नियन्त्रणमा लिएको हो । उनीहरुले भन्सारका कर्मचारी, राजस्व अनुसन्धान विभाग, सशस्त्र प्रहरी, नेपाल प्रहरीसँग सेटिङ गरी विगत लामो समयदेखि तस्करी गरी करोडौं भन्सारछली गर्दैआएका थिए ।
यस बिषयमा प्रतिक्रिया लिन अमरदेव इन्टरप्राइेजजका संचालक अमृत कार्कीले भने–‘अमरदेव इन्टरप्राइनजेजमा मेरो नाममात्र जोडिएको हो, उक्त प्रकरणमा को को संलग्न छन् । मलाई थाहा छैन ।’
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend