काठमाडौं । बिराटनगर र रसुवाबाट सामान आयात गर्दा भन्सारछली तस्करी गरेको भेटिएपछि विवादमा परेका अमरदेव इन्टरप्राइजेजका बासु बस्नेतको समूहले त्रिभुवन विमानस्थल भन्सार कार्यालयलाई प्रयोग गरी सामान ल्याउने प्रयास गरेको छ ।
भन्सार विभागको टोलीले त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट मंगलबार बस्नेतको समूहले २८ कार्टुन ब्रान्डेड चस्मा भित्र्याएको थाहा पाएपछि अनुगमनका लागि टोली खटाएको थियो । कमसल खालको भनेर कम भन्सार शुल्क तिरेर महंगो चस्मा भित्र्याएको सूचना पाएपछि भन्सार विभागले टोली परिचालन गरेको थियो । बस्नेतको समूहले ब्रान्डेड चस्मा न्यून भन्सार तिरेर विमानस्थल भन्सारबाट ल्याएको सूचना राजस्व अनुसन्धान विभागमा पनि पुगेपछि त्यहाँबाट पनि टोली खटिएको थियो ।
भन्सार विभाग र राजस्व अनुसन्धान विभागबाट टोली खटिएको थाहा पाएपछि बस्नेतको समूहले सामान नै निकाल्न सकेको छैन । बुधबारसम्म पनि चस्मा विमानस्थल भन्सारबाट नलगी राजनीतिक पहुँच प्रयोग गरी भन्सार र राजस्वको टोली ब्याक गराउन बासु बस्नेतले अमृत कार्कीलाई दौडधूपमा परिचालन गरेका छन् । अमरदेवले भित्र्याएका प्राज्ञापनपत्र नम्बर २२५७० र २२५३० रहेको २ कार्टुन चस्मा न्यून भन्सार शुल्क लिएकाले २ सय प्रतिशत जरिवाना तिर्नुपर्ने भएपछि भन्सार विभाग र राजस्वको टोली ब्याक गराउन बस्नेत र कार्की लागेको स्रोत बताउँछ ।
यसअघि बिराटनगर भन्सारमा तस्करीको सामान आयात गरेको खुलेपछि उनको फर्म विवादमा परेको थियो । भन्सार कार्यालय बिराटनगरका प्रमुख तारा सापकोटा पनि तानिए ।
बिराटनगरपछि रसुवा भन्सारबाट जुत्ता(बेबी सुज), भेष्ट(चाइल्ड भेष्ट) ल्याएको देखाई न्यून राजस्व तिरी कस्मेटिक आइटम, जिन्स पाइन्ट, ब्रान्डेड जुत्ता र ब्रान्डेड भेष्ट सहितका
सामान ल्याएको पुष्टि भएपछि आयातकर्ता अमरदेव इन्टरप्राइजेजलाई २ सय प्रतिशत जरिवाना गरिएको छ । अमरदेवले जरिवानामात्रै १ करोड २५ लाख रुपैयाँ तिर्नुपर्ने भएको छ ।
सामानको गलत घोषणा गर्ने भन्सार कार्यालय रसुवाका भन्सार अधिकृत बलराम भण्डारी र इन्दु शर्मालाई विभागले गएको बैशाख २८ गते विभागमा तानेको थियो । भन्सार विभागको पत्रका आधारमा रसुवाका प्रमुख भन्सार प्रशासक नारायणप्रसाद भण्डारीलाई सोमबार अर्थमन्त्रालयमा तानिएको छ ।
रसुवाबाट ल्याएको सामान पनि बरामद भएपछि बासु बस्नेतको समूहले हवाईमार्गबाट ल्याएको थियो । रसुवाबाटै ल्याउन लागेको उक्त २८ कार्टुन चस्मा त्रिभुवन विमास्थलबाट ल्याउन लागेको सूचना पाएपछि भन्सार विभाग र राजस्व अनुसन्धान विभाग सक्रिय भएका छन् ।
विमानस्थल भन्सारका कर्मचारीले न्यून भन्सार शुल्क लिएर छाडेको चस्मा बरामद हुने भएपछि बासु बस्नेतले राजनीतिक शक्तिकेन्द्रमा लबिङ गरी भन्सार र राजस्वलाई पछाडि हटाउने उपाय अबलम्बन गरिरहेको स्रोतले बतायो ।
विमानस्थल भन्सारबाट न्यून भन्सार शुल्क लिएर चस्मा छाडिएको र भन्सार विभागले टोली खटाएकोबारेमा विभागका उपमहानिर्देशक रमेश अर्यालसँग प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् । स्रोतका अनुसार पछिल्लो समय आयात गर्ने कम्पनीहरुमध्ये राजनीतिक पहुँच भानु देउवादेखि अर्थमन्त्री डा. प्रकाशशरण महतसम्म पुर्याएर ब्यापक रुपमा भन्सारछली गरी सामान आयात गर्ने गरेकै कारण अमरदीप भन्सार र राजस्व अनुसन्धान बिभागको नोटिसमा परेको छ । स्रोत भन्छ–बासु बस्नेत र अमृत कार्कीको सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले समेत अनुसन्धान अगाडि बढाउने तयारी गरेको छ ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend