Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रसुवापछि तस्करहरुको रुट काठमाडौं एयरपोर्ट, ब्रान्डेड चस्मा आयात प्रकरण अब के हुने ?


    बुधबार, जेष्ठ ३ २०८०
    7.2K
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • काठमाडौं । बिराटनगर र रसुवाबाट सामान आयात गर्दा भन्सारछली तस्करी गरेको भेटिएपछि विवादमा परेका अमरदेव इन्टरप्राइजेजका बासु बस्नेतको समूहले त्रिभुवन विमानस्थल भन्सार कार्यालयलाई प्रयोग गरी सामान ल्याउने प्रयास गरेको छ ।

    भन्सार विभागको टोलीले त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट मंगलबार बस्नेतको समूहले २८ कार्टुन ब्रान्डेड चस्मा भित्र्याएको थाहा पाएपछि अनुगमनका लागि टोली खटाएको थियो । कमसल खालको भनेर कम भन्सार शुल्क तिरेर महंगो चस्मा भित्र्याएको सूचना पाएपछि भन्सार विभागले टोली परिचालन गरेको थियो । बस्नेतको समूहले ब्रान्डेड चस्मा न्यून भन्सार तिरेर विमानस्थल भन्सारबाट ल्याएको सूचना राजस्व अनुसन्धान विभागमा पनि पुगेपछि त्यहाँबाट पनि टोली खटिएको थियो ।

    भन्सार विभाग र राजस्व अनुसन्धान विभागबाट टोली खटिएको थाहा पाएपछि बस्नेतको समूहले सामान नै निकाल्न सकेको छैन । बुधबारसम्म पनि चस्मा विमानस्थल भन्सारबाट नलगी राजनीतिक पहुँच प्रयोग गरी भन्सार र राजस्वको टोली ब्याक गराउन बासु बस्नेतले अमृत कार्कीलाई दौडधूपमा परिचालन गरेका छन् । अमरदेवले भित्र्याएका प्राज्ञापनपत्र नम्बर २२५७० र २२५३० रहेको २ कार्टुन चस्मा न्यून भन्सार शुल्क लिएकाले २ सय प्रतिशत जरिवाना तिर्नुपर्ने भएपछि भन्सार विभाग र राजस्वको टोली ब्याक गराउन बस्नेत र कार्की लागेको स्रोत बताउँछ ।

    यसअघि बिराटनगर भन्सारमा तस्करीको सामान आयात गरेको खुलेपछि उनको फर्म विवादमा परेको थियो । भन्सार कार्यालय बिराटनगरका प्रमुख तारा सापकोटा पनि तानिए ।
    बिराटनगरपछि रसुवा भन्सारबाट जुत्ता(बेबी सुज), भेष्ट(चाइल्ड भेष्ट) ल्याएको देखाई न्यून राजस्व तिरी कस्मेटिक आइटम, जिन्स पाइन्ट, ब्रान्डेड जुत्ता र ब्रान्डेड भेष्ट सहितका

    सामान ल्याएको पुष्टि भएपछि आयातकर्ता अमरदेव इन्टरप्राइजेजलाई २ सय प्रतिशत जरिवाना गरिएको छ । अमरदेवले जरिवानामात्रै १ करोड २५ लाख रुपैयाँ तिर्नुपर्ने भएको छ ।
    सामानको गलत घोषणा गर्ने भन्सार कार्यालय रसुवाका भन्सार अधिकृत बलराम भण्डारी र इन्दु शर्मालाई विभागले गएको बैशाख २८ गते विभागमा तानेको थियो । भन्सार विभागको पत्रका आधारमा रसुवाका प्रमुख भन्सार प्रशासक नारायणप्रसाद भण्डारीलाई सोमबार अर्थमन्त्रालयमा तानिएको छ ।

    रसुवाबाट ल्याएको सामान पनि बरामद भएपछि बासु बस्नेतको समूहले हवाईमार्गबाट ल्याएको थियो । रसुवाबाटै ल्याउन लागेको उक्त २८ कार्टुन चस्मा त्रिभुवन विमास्थलबाट ल्याउन लागेको सूचना पाएपछि भन्सार विभाग र राजस्व अनुसन्धान विभाग सक्रिय भएका छन् ।

    विमानस्थल भन्सारका कर्मचारीले न्यून भन्सार शुल्क लिएर छाडेको चस्मा बरामद हुने भएपछि बासु बस्नेतले राजनीतिक शक्तिकेन्द्रमा लबिङ गरी भन्सार र राजस्वलाई पछाडि हटाउने उपाय अबलम्बन गरिरहेको स्रोतले बतायो ।

    विमानस्थल भन्सारबाट न्यून भन्सार शुल्क लिएर चस्मा छाडिएको र भन्सार विभागले टोली खटाएकोबारेमा विभागका उपमहानिर्देशक रमेश अर्यालसँग प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् । स्रोतका अनुसार पछिल्लो समय आयात गर्ने कम्पनीहरुमध्ये राजनीतिक पहुँच भानु देउवादेखि अर्थमन्त्री डा. प्रकाशशरण महतसम्म पुर्याएर ब्यापक रुपमा भन्सारछली गरी सामान आयात गर्ने गरेकै कारण अमरदीप भन्सार र राजस्व अनुसन्धान बिभागको नोटिसमा परेको छ । स्रोत भन्छ–बासु बस्नेत र अमृत कार्कीको सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले समेत अनुसन्धान अगाडि बढाउने तयारी गरेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार