काठमाडौं । सर्वोच्च अदालतले महाभियोग प्रस्ताव दर्ता हुनेबित्तिकै आरोपित पदाधिकारी निलम्बित नहुने व्याख्या गरेको छ । प्रतिनिधि सभाले प्रव्रिmया सुरु नगरी प्रस्ताव दर्ताकै भरमा निलम्बन हुने संविधानको समेत परिकल्पना नभएको सर्वोच्चको व्याख्या छ । अदालतले सभामा प्रस्ताव पेस भई छानबिन समितिमा पठाएपछि मात्र प्रस्तावको प्रक्रिया सुरु हुने व्याख्या गरेको छ ।
२०७४ मा तत्कालीन प्रधान न्यायाधीश सुशीला कार्कीको महाभियोग प्रस्तावउपर अधिवक्ता सुनीलरञ्जन सिंहले दायर गरेको रिटको अन्तिम फैसला सार्वजनिक गर्दै अदालतले प्रस्तावकै भरमा निलम्बित भएको पत्राचार गर्ने पदाधिकारीलाई विभागीय कारवाहीको विषय हुनसक्ने समेत फैसलामा उल्लेख गरेको छ । कायममुकायमा प्रधान न्यायाधीश हरिकृष्ण कार्की तथा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको इजलासले सो फैसला गरेको हो । बहुमतको रायमा सहमति जनाउँदै न्यायाधीश भट्टराईले भने आफ्नो फरक रायसमेत लेखेका छन् । उक्त रायमा भट्टराईले तीन सांसदले पनि महाभियोगको विषय उठान गर्ने व्यवस्थामा प्रश्न गरेका छन् ।
फैसलामा कार्कीमाथिको महाभियोग प्रस्ताव प्रतिशोधपूर्ण रहेको उल्लेख छ । प्रस्तावको व्यहोरा, इजलासमा सम्मिलित अन्य न्यायाधीशबारेको मौनतालगायतले प्रतिशोध देखिएको इजलासको ठहर छ । प्रस्तावमा मूल्य, मान्यता, आदर्श तथा संविधानको पालना र सुनिश्चितता नदेखिएकाले प्रस्ताव आपत्तिजनक रहेको इजलासको निष्कर्ष छ । न्यायपालिकाबाट गरिएका काम कारवाहीमा प्रस्तावका नाममा कुनै पनि निकायले हस्तक्षेप गर्न नमिल्ने पनि फैसलामा उल्लेख छ ।
पूर्ण पाठमा भनिएको छ, “महाभियोगसम्बन्धी प्रस्तावको स्वरूप, अभिव्यक्तिबाट नै उक्त प्रस्ताव कुनै मूल्य, मान्यता, आदर्श स्थापित गर्न वा संविधानको पालना गर्ने अवस्था सुनिश्चित गर्न अभिप्रेरित नभएर सरकारले गरेको निर्णयको प्रतिरक्षार्थ पेस गरिएको भन्ने देखिन्छ । यस प्रकारको कामकारवाहीलाई सामान्य वा नियमित प्रशासनिक वा व्यवस्थापनसम्बन्धी व्यवहारमा समेत स्वीकार्य ठानिँदैन । महाभियोगको सन्दर्भमा भन्नुपर्दा उल्लेखित व्यहोरा अझ बढी आपत्तिजनक प्रकृतिको रहेको देखिन्छ ।’’
अदालतले मुद्दा मामिलामा निरूपण गरिएका विषय संसद्मा छलफलको विषय नभएको संविधानमा प्रस्ट व्यवस्था भएको उल्लेख गरेको छ । अदालतले महाभियोग प्रतिशोधमा चलाउने हतियार नभएको उल्लेख गर्दै अमूक स्वार्थ र चाहना प्रतिकूल आदेश, निर्णय वा फैसला गरेको कुरालाई सैद्धान्तिक आवरण दिएर चलाइने महाभियोगले संविधानवादको अवधारणालाई खतरामा पार्ने उल्लेख गरेको छ । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। बङ्गालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणाली चक्रवात आँधी) परिणत भई त्यसको प्रभाव नेपालमा पनि पर्ने भएको छ। मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नयाँ दिल्लीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच संक्षिप्त भेटवार्ता भएको छ। अर्थ मन्त्रालयका अनुसार नयाँ दिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित...
काठमाडौं । सरकारले मुख्यसचिव र सचिवहरूलाई सवारीसाधन खरिदका लागि ६० लाख रुपैयाँसम्म ऋण व्यवस्थापन गर्ने भएको छ । सरकारी कर्मचारीका लागि सवारीसाधन व्यवस्थापन सम्बन्धि निर्देशिका,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend