Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बैंकहरुले जेठमा निक्षेपको ब्याजदर नघटाउने


    बिहिबार, बैशाख २८ २०८०
    990
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। बैंकहरुले आगामी जेठमा निक्षेपको ब्याजदर नघटाएर यथावत् राख्ने भएका छन् । आज बिहीबार बसेको नेपाल बैंकर्स संघको बैठकले जेठ महिनामा वाणिज्य बैंकहरुमा निक्षेपको ब्याजदर स्थिर राख्ने निर्णय गरेको हो ।

    बैशाखमा निक्षेपको ब्याजदर घटाएपछि निक्षेपमा सुधार नभएको निश्कर्षसहित जेठमा निक्षेपका ब्याजदर यथावत् राख्ने निर्णय गरिएको एक वाणिज्य बैंकका सीईओले बताएका छन् । ‘यसअघि बैंकहरुमा निक्षेपको ब्याजदर एकल अंकमा झरिसकेको छ । ब्याजदर घटेपछि निक्षेपमा सुधार देखिएन ।’,सीईओले भने, ‘ब्याजदर घटाउँदा निक्षेप तितरबितर हुने जोखिम भएकाले निक्षेपको ब्याजदर यथावत् राख्ने निर्णय भएको हो ।’

    हाल वाणिज्य बैंकहरुमा मुद्धती निक्षेपको ब्याजदर ९.९९ प्रतिशत रहेको छ भने संस्थागत मुद्धती निक्षेपको ब्याजदर ७.९९ प्रतिशत छ । त्यस्तै, हाल बैंकहरुमा साधारण बचतको ब्याजदर भने ५.४ प्रतिशतदेखि ७.४ प्रतिशत कायम रहेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार