काठमाडौं । आज सेयर बजारमा दोहोरो अंकले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले त्रैमासिक रुपमा आधार दरमा भएको परिवर्तन अनुसार मासिक रुपमा नै कर्जाको ब्याजदर घटाउन सक्ने व्यवस्था गरेको थियो ।
घट्दो आधार दरमा मासिक रुपमा ब्याजदर परिवर्तन गर्न पाइने भएपछि कर्जाको ब्याजदर घट्ने आशामा मंगलबार सेयर बजारमा लगानीकर्ताले सकारात्मक प्रतिक्रिया जनाएका छन् ।
अघिल्लो दिन आइतबार र सोमबार लगातार दुई दिन दोहोरो अंकले घटेको बजार परिसूचक नेप्से मंगलबार भने बढेर बन्द भएको छ । मंगलबार नेप्से १०.६६ अंकले वृद्धि हुँदा १८४४.३६ अंकमा बन्द भएको छ । नेप्सेमा वृद्धि भएपनि कारोबार रकम भने केही घटेको छ । सोमबार ८२ करोडको कारोबार भएको बजारमा मंगलबार भने ७७ करोड ४८ लाखको कारोबार भएको छ ।
मंगलबार नेप्सेमा सबै उपसूचकमा वृद्धि हुँदा बजार परिसूचक पनि बढेको हो । होटल तथा पर्यटन उपसूचक सर्वाधिक १.९६ प्रतिशतले वृद्धि हुँदा उत्पादनमुलक उपसूचक १.३६ प्रतिशत र हाइड्रोपावर उपसूचक १.०८ प्रतिशतले वृद्धि भएको छ ।
मंगलबार नेप्सेमा हिमाल दोलखा हाइड्रोपावरको सेयर सर्वाधिक ६ करोड ९६ लाखको कारोबार हुँदा शिवम् सिमेन्टको ४ करोड ४७ लाखको सेयर कारोबार भएको छ । नेप्सेमा मंगलबार कुल २१९ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा १६१ कम्पनीको सेयरमूल्य वृद्धि भएको छ । ५० कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ८ कम्पनीको सेयरमूल्य स्थिर छ । मंगलबार कारोबार भएकामध्ये पिपुल्स हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ६.३७ प्रतिशतले वृद्धि हुँदा कालिञ्चोक दर्शन लिमिटेडको सेयरमूल्य ४.६५ प्रतिशतले वृद्धि भएको छ । यस्तै सिभिल लघुवित्तको सेयरमूल्य ४.०५ प्रतिशतले वृद्धि भएको छ ।
युनिक नेपाल लघुवित्तको सेयरमूल्य सर्वाधिक ८.६८ प्रतिशतले गिरावट हुँदा सिटजन्स म्युचुअल फण्ड २ को इकाइमूल्य ४.३२ प्रतिशतले गिरावट भएको छ ।
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन...
काठमाडौँ। हिजो तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको सुनको भाउ आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ आज सुनको भाउ तोलामा ३ हजार...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौं । दशैं सुरु भएसंगै सुनको भाउ ओरालो लागेको छ। विगत ४ दिनमा सुनको भाउ तोलामा ८ हजार १ सय रुपैयाँ घटेको हो । आइतबार...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले दशैंलगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई एटीएमबाटै सय रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ। राष्ट्र बैंकको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend