Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • भारतको मध्यप्रदेशमा बस नदीमा खस्यो, १५ जनाको मृत्यु


    मंगलबार, बैशाख २६ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । भारतको मध्यप्रदेशमा एउटा बस पुलबाट नदीमा खस्दा कम्तिमा पनि १५ जनाको मृत्यु भएको छ ।

    मध्यप्रदेशका गृहमन्त्री नरोत्तम मिश्रका अनुसार १५ जनाको शव भेटिएको छ र अरु २० २५ जना घाइते भएका छन् ।

    खरगोन भन्ने ठाउँमा दासंगा र डोगरगाउँ जोड्ने पुलको रेलिङ भाँचेर बाट बस बैराड नदीमा खसेको थियो । नदीमा पानी थिएन् ।

    भारतीय समाचार संस्था पीटीआईका अनुसार मध्यप्रदेश सरकारले मृतकका परिवारलाई ४–४ लाख रुपैयाँ र गम्भीर घाइतेलाई ५०–५० हजार तथा सामान्य घाइतेलाई २५ हजार रुपैयाँ आर्थिक सहयोग दिने घोषणा गरेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार