Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आज पनि नेप्से सूचक १६ अंकले घट्यो, ८२ करोड २४ लाखको कारोबार


    सोमबार, बैशाख २५ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । अघिल्लो दिन आइतबार १९ अंकले घटेको नेप्से आज दोस्रो दिन पनि पुनः १६ अंकमाथिले घट्न पुगेको छ ।

    नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक १६.९३ अंकले घट्दै १८ सय ३३.६९ अंकको विन्दुमा ओर्लिएको हो ।

    यद्यपि, अघिल्लो दिनको तुलनामा आज कारोबारमा भने केही वृद्धि भएको छ । नेप्सेका अनुसार आज १६ अंकले नेप्से घट्दै गर्दा यता ८२ करोड ४२ लाख १७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

    अघिल्लो दिन १९ अंकले नेप्से घट्दै गर्दा जम्मा ६० करोड ८१ लाख ३५ हजार रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको थियो ।

    आज पनि १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे हुन पुगेको छ । होटल तथा पर्यटन समूहको उपसूचक २.४४ प्रतिशतले घटेको छ भने आज हाइड्रोपावर समूहको उपसूचक १.८९ प्रतिशतले घटेको छ ।

    वीयन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य आज ८.०५ प्रतिशतले वृद्धि भएको छ भने स्टन हाइड्रोपावर लिमिटेडको सेयर मूल्य ९.९९ प्रतिशतले घट्न पुगे

    को छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार