Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हेर्नुहोस् यस्तो छ आज सुन-चाँदीको मूल्य


    सोमबार, बैशाख २५ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। सुनको मूल्य आज प्रतितोला ३०० रुपैयाँले बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो आइतबारको तुलनामा आज तोलामा ३०० रुपैयाँले सुनको मूल्य बढेको हो ।

    यससँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ९०० रुपैयाँ कायम भएको छ । हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज छापावाल सुनको मूल्य पनि तोलामा १ लाख १० हजार ३५० रुपैयाँ कायम छ ।

    सुनको मूल्य बढेपनि आज चाँदीको मूल्य भने स्थिर छ । र, यो लगातार तेस्रो दिनदेखि स्थिर कायम भएको महासंघले जनाएको छ । यसक्रममा आज चाँदीको मूल्य तोलामा १४ सय ४५ रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार