Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कारले ठक्कर दिँदा सात जनाको मृत्यु


    सोमबार, बैशाख २५ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । अमेरिकामा कारले ठक्कर दिँदा सात जनाको मृत्यु भएको छ । टेक्सास राज्यमा घरबारविहीन र आप्रवासीहरूका लागि आश्रयस्थल नजिक रहेको बस स्टपमा एउटा कारले एक समूहलाई ठक्कर दिँदा सात जनाको मृत्यु भएको हो ।

    घटना मेक्सिकोको सीमा नजिकैको ब्राउन्सभिल सहरमा स्थानीय समय अनुसार बिहान साढे ८ बजे भएको हो ।

    कम्तिमा छ जना अन्य घाइते भएका छन्, जसमध्ये केहीको अवस्था गम्भीर छ। चालकलाई नियन्त्रणमा लिएर मुद्दा चलाइएको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार