काठमाडौं । संसदीय राजनीतिक इतिहासका ४४औं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का साढे चार महिना गठबन्धन र मन्त्री फेरबदलमै बितेको छ । गत पुस १० मा नियुक्त भएका प्रधानमन्त्री प्रचण्डको यो अवधि जनसरोकारका विषयभन्दा पनि सरकारका मन्त्री फेरबदल, मन्त्रालय भागबण्डा र गठबन्धन परिवर्तनमै बितेको छ ।
प्रधानमन्त्री प्रचण्डले यस बीचमा १० पटक मन्त्रीमण्डल विस्तार गरे भने चारपटक मन्त्रीहरूको राजीनामा स्वीकृत गरे । त्यस्तै, साढे चार महिनाको अवधिमा तीनपटक गठबन्धन फेरबदल गरेका प्रचण्डले दुईपटक संसद्बाट विश्वासको मत लिए । उनले १० औं पटक गत आइतबार महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीमा सुरेन्द्रराज आचार्यलाई नियुक्त गरे । आचार्यलाई मन्त्री बनाएसँगै मन्त्रिपरिषद् २३ सदस्यीय भएको छ ।
प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेसबाट ९ जना मन्त्री भएका छन् भने गठबन्धनका बाँकी दलहरूबाट १४ जना मन्त्री भएका छन् । १० औंपटक मन्त्रिपरिषद् विस्तार हुँदासमेत सरकारले पूर्णता भने पाउन सकेको छैन । वन तथा वातावरण मन्त्रालय अझै प्रधानमन्त्रीले नै सम्हाल्दै आएका छन् ।
नेपाली कांग्रेससहितको पाँच दलीय चुनावी गठबन्धन तोडेर पुष १० मा नेकपा एमालेसहितका सात दलको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले फागुन १० मा पुनः गठबन्धन परिवर्तन गरे । एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले दुई महिनामै उक्त गठबन्धन भत्काउँदै फेरि कांग्रेससहित आठ दलको समर्थन जुटाएर दोस्रोपटक संसदबाट विश्वासको मत हासिल गरेसँगै एमाले, रास्वपा र राप्रपा सरकारबाट बाहिर बस्न बाध्य भएका थिए । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend