Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • १९ अङ्कले घटेर शेयरबजार राताम्मे, कारोबार रकम कति ?


    आइतबार, बैशाख २४ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। आज साताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अङ्कले घटेर राताम्मे भएको छ ।

    शेयर बजार परिसूचक नेप्से आज १९ दशमलव १२ अङ्कले घटेर एक हजार आठ सय ५० दशमलव ६१ बिन्दुमा झरेको छ ।

    आज सबै समूहको शेयर ओरालो लागेकोमा फाइनान्स र जलविद्युत् समूहको शेयर उच्च अङ्कले घटेको छ ।

    बजारसँगै कारोबार रकममा पनि निकै कमी आएको छ । २ सय ६३ वटा कम्पनीका २० लाख १५ हजार कित्ता शेयर ६० करोड ८१ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको ३ करोड २२ लाख रुपैयाँको शेयर किनबेच भयो ।

    आज सबैभन्दा धेरै मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीको शेयर झण्डै साढे ८ प्रतिशत तथा घलेम्दी हाइड्रो, मन्दाकिनी हाइड्रो र श्वेत गंगा हाइड्रोको शेयर साढे पाँच प्रतिशतले घटेको छ।

    समग्रमा बजार राताम्मे भए पनि आज सबैभन्दा धेरै आत्मनिर्भर लघुवित्तकोशेयर ८ प्रतिशत र इर्स्टन हाइड्रोपावर कम्पनीको शेयर साढे सात प्रतिशतले बढे

    को छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार