काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा पठाउने निर्णय गरिसकेपछि आज त्यो निर्णय कार्यान्वयन गर्न मन्त्रिपरिषद बैठक बस्दैछ । राष्ट्रियसभाको सांसद मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले नियुक्ति गर्ने प्रावधान छ । राष्ट्रियसभामा राष्ट्रपतिले मनोनीत गर्ने एक सांसद पद ६ महिनादेखि रिक्त थियो ।
बिहीबार बसेको नेकपाको सचिवालय बैठकले बामदेवलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले नै त्यसको प्रस्ताव गरेका थिए ।
वामदेव राष्ट्रियसभामा सांसद बनेसँगै अर्थमन्त्री डा.युवराज खतिवडाको कार्यकाल पनि समाप्त हुँदैछ । आजको मन्त्रिपरिषद् बैठक नै उनको लागि अन्तिम हुनेछ । उनी आजै मन्त्रिपरिषदमा राजीनामा बुझाएर अर्थ र संचार मन्त्रालयबाट बिदाइ हुँदैछन् । तर, उनलाई प्रधानमन्त्रीको सल्लाहकार बनाउनेबारेमा पनि छलफल भइरहेको छ । बिष्णु रिमाललाई अमेरिकाको राजदूत बनाएर खतिवडालाई मुख्य सल्लाहकार बनाउनेबारेमा पनि छलफल भइरहेको बालुवाटार स्रोतले बताएको छ । अर्थमन्त्रालय प्रधानमन्त्रीले आफैं राख्ने, संचार मन्त्रालयको जिम्मा प्रदीप ज्ञवालीलाई दिने चर्चा पनि चलाइएको छ ।
त्यसो त वामदेव गौतमले उपप्रधानसहित अर्थमन्त्री दाबी गरे पनि उनी सरकारमा जाने सम्भावना कम छ । उनको स्वभावका कारण पनि प्रधानमन्त्री उनलाई सरकारमा लैजाने पक्षमा नभएको बताइन्छ । अर्थसहित सञ्चार, सहरी विकास मन्त्रालयमा मन्त्री नियुक्तिका लागि पनि नेकपाभित्र छलफल अघि बढेको छ । भदौभित्रे मन्त्रिपरिषद् पुर्नगठन गर्ने तयारी पनि छ ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताकार्यकर्ताहरूले वडाध्यक्षमा उम्मेदवार बन्न रुचि नदेखाएको भन्दै कटाक्ष गरेका छन्। चितवन पुगेका सभापति लामिछानेले...
काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पेश गरेको रिटमा यहि कात्तिक ३० गतेका लागि पेशी तोकिएको छ । आफूलाई गैरकानूनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले भेट गरेका छन् । राष्ट्रपतिको सचिवालयका अनुसार शीतल निवासमा आज भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको...
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् प्रभावित परिवारका लागि घोषणा गरिएको १५ हजार रुपैयाँको जीविकोपार्जन तथा रेन्टल राहत तिहारलगत्तै वितरण...
काठमाडौँ। प्रतिनिधिसभाअन्तर्गत संसदीय सुनुवाइ समिति जारी छ। सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभाकक्षमा बैठक जारी छ। बैठकमा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी दिने उजुरीकर्ताहरूसँग छलफल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend