Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बसुन्धरामा रास्वपाको केन्द्रीय समिति बैठक सुरु


    सोमबार, बैशाख १८ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय बसुन्धरामा उक्त बैठक सुरु भएको हो ।

    हालै सम्पन्न उपनिर्वाचनपछि पहिलोपटक रास्वपाको केन्द्रीय समिति बैठक बसेको हो । बैठकमा पार्टी सभापति रवि लामिछानेलाई दलको नेता चयन गर्नुका साथै सरकारमा जाने/नजाने विषयमा छलफल हुने रास्वपाका एक नेताले बताए । ‘अहिले केन्द्रीय समिति बैठक बस्दै छ ।

    बैठकमा सभापति ज्यूलाई दलको नेता चयन गर्ने र सरकारको विषयमा छलफल हुन्छ’ ती नेताले भने, ‘त्यसपछि संसदीय दलको बैठक बसेर दलको नेता चयन र सरकारका विषयमा निर्णय हुन्छ ।’

    बैठकमा ४० जना केन्द्रीय सदस्यलाई पार्टी निर्माण र सरकारका विषयमा धारणा राख्न दिने तयारी गरिएको छ । बैठकले सरकारमा जाने/नजाने विषयमा स्पष्ट बुझिने गरी निर्णय गर्ने ती नेताले बताए । सरकारमा गए किन जाने ? यदि नगएमा किन नजाने ? भन्ने विषयमा पनि स्पष्ट गराउने तयारी गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार