काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय बसुन्धरामा उक्त बैठक सुरु भएको हो ।
हालै सम्पन्न उपनिर्वाचनपछि पहिलोपटक रास्वपाको केन्द्रीय समिति बैठक बसेको हो । बैठकमा पार्टी सभापति रवि लामिछानेलाई दलको नेता चयन गर्नुका साथै सरकारमा जाने/नजाने विषयमा छलफल हुने रास्वपाका एक नेताले बताए । ‘अहिले केन्द्रीय समिति बैठक बस्दै छ ।
बैठकमा सभापति ज्यूलाई दलको नेता चयन गर्ने र सरकारको विषयमा छलफल हुन्छ’ ती नेताले भने, ‘त्यसपछि संसदीय दलको बैठक बसेर दलको नेता चयन र सरकारका विषयमा निर्णय हुन्छ ।’
बैठकमा ४० जना केन्द्रीय सदस्यलाई पार्टी निर्माण र सरकारका विषयमा धारणा राख्न दिने तयारी गरिएको छ । बैठकले सरकारमा जाने/नजाने विषयमा स्पष्ट बुझिने गरी निर्णय गर्ने ती नेताले बताए । सरकारमा गए किन जाने ? यदि नगएमा किन नजाने ? भन्ने विषयमा पनि स्पष्ट गराउने तयारी गरिएको छ ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको रास्वपाका प्रवक्ता...
काठमाडौं । सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन, २०५२ कार्यान्वयन गर्ने क्रममा काठमाडौं महानगरपालिका वडा नं ४,५,८,९,१०,१२...
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको समूहले १५औं महाधिवेशन खुलामञ्चमा गर्ने भएको छ । देउवा समूहले २१–२३ मंसिरका लागि निर्धारण गरेको महाधिवेशन खुलामञ्चमा गर्ने...
काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञान कुमार थापाबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको भएको छ । सुनुवाइ समितिको सचिवालयका अनुसार प्रस्तावित राजदूत...
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend