Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गण्डकीका मुख्यमन्त्री पाण्डेले बिहीबार विश्वासको मत लिने


    सोमबार, बैशाख १८ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यही वैशाख २१ गते विश्वासको मत लिने तयारी गरेका छन्।

    मुख्यमन्त्री नियुक्त भएको एक सातामा नै मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिन लागेका हुन्। विश्वासको मत लिएर आफू पदमा बलियो बनेपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी पाण्डेले गरिरहेका छन्।

    कांग्रेस र माओवादीले आलोपालो गरेर मुख्यमन्त्री बन्ने सहमति अनुसार गत वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका कांग्रेस संसदीय दलका नेता पाण्डेले त्यसको भोलिपल्ट वैशाख १५ गते शपथ लिएका थिए। सरकारमा अहिले पाण्डेसहित विनाविभागीय मन्त्रीका रूपमा सरस्वती अर्याल तिवारी र सुशीला सिम्खडा छन्।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार