Nepal Face
  • शुक्रबार, २१ कार्तिक २०८३
  • नेकपा सचिवालय बैठकको समय परिवर्तन, ११ बजे भनिएको बैठक ३ बजे बस्‍ने


    बिहिबार, भाद्र १८ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकको समय सरेको छ । बिहान ११ बजेका लागि तोकिएको बैठक दिउँसो ३ बजेसम्मका लागि सारिएको थाहा भएको छ ।

    आजको सचिवालय बैठकमा नेकपा कार्यदलले बुझाएको प्रतिवेदनबारे छलफल हुने तालिका थियो । तर पछिल्लो समय नेकपा उपाध्यक्ष वामदेव गौतमले राष्ट्रिय सभामा जाने इच्छा व्यक्त गरेसँगै आजको बैठकमा सो विषयमा समेत छलफल हुने भएको हो । 

    नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यमा डा. युवराज खतिवडालाई लैजान चाहेका छन् । तर सचिवालयका बहुमत त्यसको विपक्षमा रहेका छन् । 

    यसअघि नेकपाको बैठकले उपाध्यक्ष वामदेव गौतमलाई उपयुक्त समयमा राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेकाले सो निर्णय विपरीतको काम गर्न नहुने सचिवालयका बहुमत सदस्यको भनाइ छ ।

    उपाध्यक्ष गौतमले पनि आफूलाई राष्ट्रिय सभामा लैजाने निर्णय कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।

    यसबारे बुधबार प्रधानमन्त्री ओली र नेकपाका अर्का अध्यक्ष प्रचण्डबीच बालुवाटारमा छलफल भएको थियो । प्रचण्डले पार्टीको निर्णय कार्यान्वयन गर्नुपर्ने बताएपछि सोही दिन राति ओलीले गौतमलाई बालुवाटारमा बोलाएर छुट्टै छलफल गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार