Nepal Face
  • शनिबार, १५ कार्तिक २०८३
  • महावीर पुनको धर्नामा राप्रपाको समर्थन, धर्नामा अध्यक्ष लिङ्देन पनि पुगे (फोटो-फिचर)


    आइतबार, बैशाख १७ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । शुक्रबारदेखि राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले सुरु गरेको अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सामाजिक आन्दोलन र धर्ना कार्यक्रममा राप्रपाले समर्थन र ऐक्यबद्धता जनाएको छ।

    पार्टी अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले महावीरको नेतृत्वमा भइरहेको उक्त आन्दोलनको समर्थन गरेका हुन् । उनी आज प्रदर्शनस्थल माइतीघर मण्डला पुगेर उनको धर्नामा सहभागी भएका हुन् ।

    गत शुक्रवारदेखि राजधानीको माइतीघरमा ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सामाजिक आन्दोलन’ नामबाट आन्दोलनमा उत्रेका पुनले विकास बजेटको १ प्रतिशत रकम आविष्कारको लागि छुट्टाउनुपर्ने माग अघि सारेका छन् । यसअघि विभिन्न दलका नेताहरु पनि माइतीघर पुगेर उनको आन्दोलनमा समर्थन जनाएका छन् ।

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार