Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • निरा हत्या प्रकरण : आरोपीलाई काठमाडौं ल्याइयो, केही बेरमा सार्वजनिक गरिने


    आइतबार, बैशाख १७ २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौंको कपनमा भाडा व्यवसाय गर्दै आएकी निरा पाण्डे आचार्यको १० दिनअघि रहस्यमय हत्यामा सम्लग्न रहेको आरोपमा पक्राउ परेका विनोद विश्वकर्मालाई काठमाडौं ल्याइएको छ ।

    कपनमा रहेको नीरू किचेनकी सञ्चालक आचार्यको पसलभित्र प्रवेश गरेर धारिलो हतियार प्रहार गरी वैशाख ७ गते बिहीबार हत्या भएको थियो। उनको शरिरमा चक्कुले काटेको चोटहरु छन् । पाण्डेको हत्यारालाई पक्राउ गर्न दबाब दिँदै व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । दोषीलाई पक्राउ गर्न नसकेको भन्दै चर्को आलोचना सुरु भएको छ । दोषी पक्राउ गर्न शुक्रबार छानबिन समिति पनि गठन भएको छ ।

    झापाबाट पक्राउ परेका विकलाई आजै प्रहरीले सार्वजनिक गर्ने तयारी गरिएको जनाएको छ ।

    प्रहरीले लुटपाटको उद्देश्यले हत्या भएको प्रारम्भिक निष्कर्ष निकालेको छ ।

    हत्यापछि लुटिएको सुनको सिक्रीपनि बानेश्वरको एक पसलबाट भेटिएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार