Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मिटरब्याजीलाई कानुनको दायरामा ल्याउन सरकार सक्रिय छ : गृहमन्त्री श्रेष्ठ


    शनिबार, बैशाख १६ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले गरीबलाई दुःख दिने मिटरब्याजीलाई कानुनको दायरामा ल्याउन सरकार सक्रियतापूर्वक लागिपरेको बताएका छन् । आज सर्लाहीको बागमती नगरपालिका–११ स्थित नमूना पहरी बस्ती हस्तान्तरण कार्यक्रममा मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।

    उनले भ्रष्टाचार नियन्त्रणका लागि वर्तमान सरकार शून्य सहनशीलताको सिद्धान्तमा अघि बढेको दाबी गरेका छन् । बागमती नगरपालिका–११ स्थित चुरे पर्वतको फेदीमा लोपोन्मुख जाति पहरी परिवारका लागि रु एक करोड ५३ लाख निर्माण गरिएको १३ बेग्लाबेग्लै पक्की घरको साँचो ज्येष्ठ नागरिक ठूलीमाया पहरीलाई मन्त्री श्रेष्ठले हस्तान्तरण गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार