काठमाडौं। नेपाली बजारमा यो साता पनि सुनको मूल्यमा उतारचढाव देखिएको छ। साताको पहिलो दिन तोलामा ९०० रुपैयाँ घटेर १ लाख ९ हजार ३०० रुपैयाँ कायम भएको सुनको भाउ क्रमश घटबढ हुँदै हिजो शुक्रबार १ लाख ९ हजार १०० रुपैयाँ तोकियो। अर्थात् समग्रमा साताभर सुनको मूल्य तोलामा २०० रुपैयाँ घटेको छ।
सातामा सुनको भाउ सबैभन्दा बढी हुँदा तोलाको १ लाख ९ हजार ७०० रुपैयाँ कायम भयो भने सबैभन्दा कम हुँदा तोलाको १ लाख ९ हजार १०० तोकियो।
साताको पहिलो दिन घटेको सुनको भाउले दोस्रो दिन पनि निरन्तरता पायो। उक्त दिन सुनको भाउ तोलामा २०० रुपैयाँले घटेर १ लाख ९ हजार १०० रुपैयाँ कायम भयो।
मंगलबार भने सुनको भाउ तोलामा ४०० रुपैयाँ बढेर १ लाख ९ हजार ५०० रुपैयाँ तोकियो। त्यसको भोलिपल्ट (बुधबार) पनि सुनको भाउमा वृद्धि रोकिएन। उक्त दिन सुनको भाउ तोलामा २०० रुपैयाँ बढ्दा १ लाख ९ हजार ७०० रुपैयाँमा कारोबार भयो।
बिहीबार भने सुनको भाउ तोलामा १०० रुपैयाँ घटेर १ लाख ९ हजार ६०० रुपैयाँ कायम भयो। सुनको भाउ घट्ने क्रम शुक्रवार पनि कायमै रह्यो। उक्त दिन सुनको भाउ तोलामा ५०० रुपैयाँ घट्यो।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज शनिबार सुन-चाँदीको मूल्य तोक्ने गरेको छैन। यसदिन भने शुक्रबारकै मूल्यमा सुनचाँदीको कारोबार हुने गरेको महासंघले जनाएको छ।
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन...
काठमाडौँ। हिजो तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको सुनको भाउ आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ आज सुनको भाउ तोलामा ३ हजार...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौं । दशैं सुरु भएसंगै सुनको भाउ ओरालो लागेको छ। विगत ४ दिनमा सुनको भाउ तोलामा ८ हजार १ सय रुपैयाँ घटेको हो । आइतबार...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले दशैंलगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई एटीएमबाटै सय रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ। राष्ट्र बैंकको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend