Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • एसीसी प्रिमियर कप : नेपाल टस हारेर कुवेतविरुद्ध ब्याटिङ गर्दै


    शनिबार, बैशाख १६ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत सेमिफाइनल खेलमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केहिबेरमा सुरुहुने खेलमा टस जितेको कुवेतले पहिला फिल्डिङ रोजेको हो ।

    सेमिफाइनल खेलका लागि नेपालले टिममा एक परिवर्तन गरेको छ । गुलसन झा लाई बेन्चमा राख्दै तीव्र गतिका बलर करण केसीलाई प्लेइङ ११मा समावेश गरेको छ । आजको खेलमा नेपालले कुवेतलाई हराए फाइनलमा ओमान अथवा यूएईसँग खेल्नेछ ।

    आजको खेलमा नेपालले कुवेतलाई हराए फाइनलमा ओमान अथवा यूएईसँग खेल्नेछ ।

    समूह चरणको पहिलो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको नेपालले दोस्रो खेलमा ओमानलाई ८४ रनले हराएको थियो । तेस्रो खेलमा साउदी अरबसँग अंक बाँडेपनि नेपाल एक खेल अगावै सेमिफाइनल पुगेको थियो । समूह चरणको अन्तिम खेलमा कतारलाई ६८ रनले हराउँदै नेपाल समूह ए को विजेता बनेको थियो ।

    वैशाख ५ देखि सुरु भएको प्रतियोगितामा १० राष्ट्रको सहभागिता रहेको थियो । प्रतियोगितामा हरेका ५ राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको थियो । समूहका शिर्ष दुई टिमले सेमिफाइनलमा स्थान बनाएका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार