काठमाडौँ। राष्ट्रपतिको आदेशअनुसार हङ्गेरीका शीर्ष सेना प्रमुखलाई बिहीबार पदमुक्त गरिएको छ । उनलाई हटाइनुको कारण खुलाइएको छैन ।
गत जनवरीमा प्रधानमन्त्री भिक्टर ओर्बानको सरकारले पारित गरेको कानुनअनुसार रक्षामन्त्रीले ४५ वर्षभन्दा माथिका कुनै पनि व्यक्तिलाई बर्खास्त गर्न सक्ने व्यवस्था भएपछि यस वर्ष सयौं वरिष्ठ अधिकारी र सैन्य गुप्तचर अधिकारीलाई बर्खास्त गरिएको छ ।
सरकारले सशस्त्र बललाई पुनर्जीवित गर्न चाहेको बताइरहँदा विपक्षी दलहरूले पश्चिमा उन्मुख नेटो समर्थक अधिकारीहरूलाई प्रतिस्थापन गर्ने उद्देश्यले सैनिकलाई ‘शुद्धीकरण’ गर्न खोजिएको बताएका छन् ।
हङ्गेरीका राष्ट्रपति कातालिन नोभाकले हस्ताक्षर गरेको आदेशमा भनिएको छ, “अप्रिल २७ देखि लागू हुने गरी मैले हङ्गेरीको रक्षा बलका कमान्डर लेफ्टिनेन्ट जनरल रोमुलुस्ज रूसिन–सेन्डीलाई पदबाट बर्खास्त गरेको छु ।”
रूसिन–सेन्डीले ‘अर्को क्षेत्रमा आफ्नो देशको सेवा गरिरहने’ विज्ञप्तिमा उल्लेख छ ।
यो कदम यस वर्ष सेनाका वरिष्ठ दर्जाहरूमा उथलपुथलपछि आएको छ ।
एटलात्स्जो इन्भेस्टिगेसन साइटले बिहीबार एक भिडियो सार्वजनिक गरेको छ जसमा गत फेब्रुअरीमा हङ्गेरीको ग्योर–पर विमानस्थलमा छिमेकी देश युक्रेनका लागि उडेका हेलिकप्टरहरूको भिडियो खिचिएको थियो ।
यसै महिनाको सुरुमा अमेरिकी समाचार संस्था पोलिटिकोले हङ्गेरीले आफ्ना मित्रराष्ट्रहरूलाई युक्रेनमा हतियार ओसारपसार गर्न गोप्य रूपमा आफ्नो हवाई क्षेत्र प्रयोग गर्न दिइरहेको हुन सक्ने अपुष्ट अमेरिकी सैन्य गुप्तचर दस्तावेजहरू चुहिएको बताएको थियो ।
एजेन्सी । ब्राजिलमा चौथोपटक वाममन्थी नेता लुइज इनासियो लुला डा. सिल्भा राष्ट्रपतिमा निर्वाचित भएका छन् । आइतबार भएको दोस्रो चरणको निर्वाचनमा उनले दक्षिणपन्थी उम्मेदवार फ्लाभियो...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
बेइजिङ । चीनको दुर्गम तिब्बत क्षेत्रमा बिहीबार राति गएको ७.० म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका...
काठमाडौँ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दुबईबाट तेल अभिभ जाँदै गरेको फ्लाई दुबईको विमानमा भएको घटनाबारे इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग फोनमा कुरा गरेका छन्। ट्रम्पका...
काठमाडौँ। चीनका राष्ट्रपति सी चिनफिङ पत्नीसहित बुधबार राति वासिङ्टन पुगेका छन्। तीन दिन अमेरिका भ्रमणका लागि उनी अमेरिका पुगेका हुन्। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको दम्पतीले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend