Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विद्यार्थी संगठनले लगाएको ताला काठमाडौं महानगरले फोर्‍यो


    शुक्रबार, बैशाख १५ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। काठमाडौं महानगरपालिकाको शिक्षा विभागमा विद्यार्थी संगठनले लगाएको ताला महानगरले फोरिदिएको छ। कम्युनिष्ट क्रान्तिकारी विद्यार्थी युनियनले लगाएको ताला महानगरले फोरिदिएको हो।

    ताला फोरेको भ‍िडियो सामाजिक सञ्जालमा राख्दै महानगरका मेयर बालेन शाहले भनेका छन्, ‘विद्यालय पढ्ने ठाउँ हो। हामी विद्यालयमा राजनीति गर्ने कुरा कल्पनासम्म गर्न सक्दैनौं। यसै सन्दर्भमा काठमाडौं महानगरपालिकाले विद्यालयमा राजनीतिक गतिविधि वर्जित गरिएको सूचनाको विरोध गर्दै एक अमूक दलगत शैक्षिक संगठनले ताला लगाउने दुष्प्रयास यथाशीघ्र ताला फेरेर विफल पारेको छ।’

    महानगरले दलका भातृ संगठनलाई विद्यालय परिसरमा कार्यक्रम गर्न नदिने घोषणा गरेपछि उक्त निर्णयको विरोध गर्दै विद्यार्थी युनियनले बिहीबार ताला लगाएको थियो।

    महानगरपालिकाले बुधबार सूचना जारी गर्दै महानगरका सामुदायिक विद्यालयमा राजनीतिक दल र दलका भातृ संगठनका कार्यक्रम हुने गरेको जानकारी प्राप्त भएको जनाउँदै उक्त सूचना पुष्टि भए सम्बन्धित विद्यालयका प्रधानाध्यापकलाई कारबाही गर्ने जनाएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार