Nepal Face
  • शनिबार, १५ कार्तिक २०८३
  • महावीर पुनको नेतृत्वमा माइतीघरमा धर्ना


    शुक्रबार, बैशाख १५ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले राज्यले अनुसन्धान, नवप्रवर्तन र आविष्कारको क्षेत्रलाई प्राथमिकता नदिएको भन्दै काठमाडौँको माइतीघर मण्डलमा धर्ना शुरु गरेका छन् ।

    आज शुक्रबारदेखि ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सामाजिक आन्दोलन’ नामबाट आन्दोलनमा उत्रने घोषणा गरेअनुसार आज माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन्।

    सरकारले खोज अनुसन्धान र आविष्कारमा बेवास्ता गरेको भन्दै उनले आन्दोलनस्वरुप आज (शुक्रबार)बाट धर्ना सुरु गरेका हुन्। महावीरसँगै धर्नामा बसेकाहरूले अनुसन्धान, नवप्रवर्तन र आविष्कारको नीति पारित गर्न भन्दै उनीहरूले विभिन्न नारा लेखिएका प्लेकार्ड र ब्यानर प्रदर्शन गरेका छन् ।

    पुनले केही दिनअघि ४ बुँदे माग राख्दै प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक राई, अर्थमन्त्री प्रकाशशरण महत र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ध्यानाकर्षण गराएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार