Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हेर्नुहोस् यस्तो छ आज सुन-चाँदीको मूल्य


    बिहिबार, बैशाख १४ २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। स्थानीय बजारमा आज बिहीबार सुनको मूल्य घटेको छ। अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य टोलमा एक सय रुपैयाँले घटेको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको कारोबार मूल्य प्रतितोला एक लाख ९ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ। बुधबार सुन तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

    यस्तै बिहीबार चाँदीको मूल्य प्रतितोला १४ सय १५ रुपैयाँमा स्थिर छ। अघिल्लो दिन बुधबार चाँदी तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १४ सय १५ रुपैयाँ थियो।

    बिहेको सिजन नजिकिएकोले बजारमा सुनचाँदीको कारोबारमा सुधार देखिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। एक महिनादेखि सुनको मूल्य महङ्गिएपछि कारोबारमा कमी आएको थियो।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार