काठमाडौं। लुम्बिनी प्रदेश सरकारले आज नयाँ मुख्यमन्त्री पाउँदैछ । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले आजसम्मको समय सीमा दिएर मुख्यमन्त्रीका लागि दाबी गर्न आह्वान गरेका छन् । नेकपा (एमाले) बाट मुख्यमन्त्री नियुक्त भएका लिला गिरीले दोस्रो पटक प्रदेश सभाबाट विश्वासको मत पाउन नसकेपछि प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ (२) बमोजिम बहुमतको सरकार गठनका लागि आह्वान गरेका हुन् ।
प्रदेश प्रमुखले तोकेको समय सीमाभित्रै नेपाली कांग्रेसका प्रदेश संसदीय दलका नेता डिल्ली बहादुर चौधरीले मुख्यमन्त्रीको दाबी पेश गर्ने भएका छन् । चौधरीले माओवादी केन्द्रसहित छ दलको समर्थनमा सरकार गठनका लागि दाबी पेश गर्न लागेको लुम्बिनी कांग्रेस सचेतक निमा गिरी बताउँछिन् ।
‘मुख्यमन्त्रीको दाबी गर्ने आज अन्तिम दिन हो । प्रदेश प्रमुखले दुई दिनको समय दिएर दाबी पेश गर्न आह्वान गर्नुभएको थियो । नेपाली कांग्रेसको तर्फबाट डिल्ली बहादुर चौधरी मुख्यमन्त्री बन्नुहुन्छ । माओवादी केन्द्रसँग यो बारेमा सहमति बनिसकेको छ सचेतक गिरीले भनिन् ।
प्रदेश प्रमुख शेरचनले बहुमतको सरकार बनाउनका लागि आह्वान गरिरहँदा एमालेले भने संवैधानिक व्यवस्था अनुसार १६८(३) बमोजिम प्रदेश सभाको सबै भन्दा ठूलो दलले सरकार गठन गर्न पाउनुपर्ने दाबी गर्दै आएको छ । लुम्बिनीमा २९ सांसदसहित एमाले ठूलो दल रहेको छ । बहुमतको सरकार गठन भएका कानुनी उपचार खोज्ने एमालेले चेतावनीसमेत दिइसकेको छ ।
काठमाडौँ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार भीमबहादुर चन्दले आफूलाई पदमुक्त गर्न माग गर्दै अनशन बसेका डा। गोविन्द केसीलाई खुला पत्र लेखेका...
काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप र झडपपछि प्रहरीले गोली चलाएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गर्ने भएको छ । आयोगका प्रवक्ता...
काठमाडौँ । संघीय संसद्का सदस्यलाई निजी स्वकीय सचिव (पीए) राख्न दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश विनोद...
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन्। सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा समसामयिक राजनीतिक...
काठमाडौँ । सुनसरीमा धार्मिक सद्भाव भड्किएको घटनाबारे छलफल गृहमन्त्री सुधन गुरुङले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । सोमबार बिहान मन्त्रालयका सचिव, आईजीपी र सशस्त्र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend