काठमाडौं। लुम्बिनी प्रदेश सरकारले आज नयाँ मुख्यमन्त्री पाउँदैछ । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले आजसम्मको समय सीमा दिएर मुख्यमन्त्रीका लागि दाबी गर्न आह्वान गरेका छन् । नेकपा (एमाले) बाट मुख्यमन्त्री नियुक्त भएका लिला गिरीले दोस्रो पटक प्रदेश सभाबाट विश्वासको मत पाउन नसकेपछि प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ (२) बमोजिम बहुमतको सरकार गठनका लागि आह्वान गरेका हुन् ।
प्रदेश प्रमुखले तोकेको समय सीमाभित्रै नेपाली कांग्रेसका प्रदेश संसदीय दलका नेता डिल्ली बहादुर चौधरीले मुख्यमन्त्रीको दाबी पेश गर्ने भएका छन् । चौधरीले माओवादी केन्द्रसहित छ दलको समर्थनमा सरकार गठनका लागि दाबी पेश गर्न लागेको लुम्बिनी कांग्रेस सचेतक निमा गिरी बताउँछिन् ।
‘मुख्यमन्त्रीको दाबी गर्ने आज अन्तिम दिन हो । प्रदेश प्रमुखले दुई दिनको समय दिएर दाबी पेश गर्न आह्वान गर्नुभएको थियो । नेपाली कांग्रेसको तर्फबाट डिल्ली बहादुर चौधरी मुख्यमन्त्री बन्नुहुन्छ । माओवादी केन्द्रसँग यो बारेमा सहमति बनिसकेको छ सचेतक गिरीले भनिन् ।
प्रदेश प्रमुख शेरचनले बहुमतको सरकार बनाउनका लागि आह्वान गरिरहँदा एमालेले भने संवैधानिक व्यवस्था अनुसार १६८(३) बमोजिम प्रदेश सभाको सबै भन्दा ठूलो दलले सरकार गठन गर्न पाउनुपर्ने दाबी गर्दै आएको छ । लुम्बिनीमा २९ सांसदसहित एमाले ठूलो दल रहेको छ । बहुमतको सरकार गठन भएका कानुनी उपचार खोज्ने एमालेले चेतावनीसमेत दिइसकेको छ ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको रास्वपाका प्रवक्ता...
काठमाडौं । सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन, २०५२ कार्यान्वयन गर्ने क्रममा काठमाडौं महानगरपालिका वडा नं ४,५,८,९,१०,१२...
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको समूहले १५औं महाधिवेशन खुलामञ्चमा गर्ने भएको छ । देउवा समूहले २१–२३ मंसिरका लागि निर्धारण गरेको महाधिवेशन खुलामञ्चमा गर्ने...
काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञान कुमार थापाबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको भएको छ । सुनुवाइ समितिको सचिवालयका अनुसार प्रस्तावित राजदूत...
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend