Nepal Face
  • शुक्रबार, २१ कार्तिक २०८३
  • हतियार देखाइ व्यापारीबाट रकम असुल्ने गिरोह पक्राउ


    बुधबार, भाद्र १७ २०७७
    630
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । हातहतियार देखाएर विराटनगरका व्यापारीसँग रकम असुल्ने गिरोहलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । हातहतियार देखाएर व्यापारीसँग रकम असुल्दै आएको गिरोहका १ भारतीय र ४ नेपाली नागरिक गरी ५ जनालाई पक्राउ गरी प्रहरीले बुधबार सार्वजनिक गरेको हो ।

    १६ भदौ कटहरी–२ आदर्शनगरका २८ वर्षीय एलेक्स भन्ने रविन शर्मा घरैबाट पेस्तोलसहित पक्राउ परेपछि गिरोहलाई नै प्रहरीले नियन्त्रणमा लिएको हो । शर्माको बयानको आधारमा सो गिरोहमा आबद्ध भारत सीतामणी घर भई विराटनगर जलजला मोडको चाइना बजारमा कामदारको रूपमा रहेका २७ वर्षीय राजु साह, कटहरी- २ का २६ वर्षीय किसन साह, २७ वर्षीय अभिषेक राय, सप्तरीको बोदेबसाइन- ८ बस्ने २७ वर्षीय नन्दु भन्ने नन्दकिशोर साह पक्राउ परेका हुन् ।

    भारतीय नागरिक राजुलाई रेम्बो गल्ली, किसनलाई देवकोटा चौक र अभिषेकलाई विराटनगर–३ मा बस्दै आएका नन्दकिशोरको कोठाबाट पक्राउ गरेको मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिए ।

    पक्राउ परेकामध्ये गिरोहको मुख्य नाइके अभिषेश राय रहेको प्रहरीको भनाइ छ । उनले व्यापारीहरूलाई फोन गरी धम्की दिँदै चन्दा माग्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । अभिषेकले २५ असारमा फोन गरी विराटनगरका १ व्यापारीसँग १० लाख रुपैयाँ चन्दा मागेको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रमुख प्रहरी उपरीक्षक खड्काका अनुसार ती व्यापारीले २ पटक गरी ५ लाख रुपैयाँ दिएको अनुसन्धानबाट खुलेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार