चितवन। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन हुन सक्ने बताएका छन् ।
आइतबार भएको उपनिर्वाचनमा चितवन–२ बाट उम्मेदवार रहेका लामिछानेले जित नजिक पुगेका छन् । पछिल्लो मतपरिणामअनुसार निकतटम् प्रतिस्पर्धी कांग्रेसका जीतनारायण श्रेष्ठलाई ४० हजार ८६४ मतले पछि पारेका लामिछानेको जित निश्चित जस्तै बनेको छ ।
यस क्रममा चितवनमा सञ्चारकर्मीसितको कुराकानीमा उनले सरकारलाई दिएको समर्थन फिर्ता हुन सक्ने जनाएका हुन् । वर्तमान सरकारले विगतका भ्रष्टाचारको विषयमा छानबिन गर्न चासो नदेखाएकाले सरकारलाई समर्थन गरिरहनुको अर्थ नरहेको उनको भनाइ छ ।
उपनिर्वाचनमा जित नजिक पुगेका उनले भ्रष्टाचारविरुद्ध सशक्त रुपमा उभिने आफ्नो एजेन्डालाई जनताले अनुमोदन गरेको उल्लेख गरे । लामिछानेले भ्रष्टाचारविरुद्धको अभियानमा उभिन सक्ने सरकारमा मात्रै राष्ट्रिय स्वतन्त्र पार्टी सहभागी हुने दाबी गरे ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend