Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोना संक्रमित २० वर्षीया युवतीको टिचिङ हस्पिटलमा मृत्यु


    बुधबार, भाद्र १७ २०७७
    795
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । टिचिङ हस्पिटल महाराजगञ्जमा उपचाररत २० वर्षीया युवतीको मृत्यु भएको छ । तनहुँ घर भएकी ती युवतीको कोरोना संक्रमणका कारण ज्यान गएको अस्पतालका कोभिड कमिटीका सदस्य डा. सविन थपलियाले जानकारी दिए । 

    यस्तै काठमाडौैंकी ७५ वर्षीय वृद्धको समेत सोही हस्पिटलमा मृत्यु भएको छ । दुबै जनाको मंगलबार राति मृत्यु भएको बताइएको छ । 

    तनहुँ स्थायी घर भएकी युवतीको मृगौला फेल भएर डायलासिस गराउँदै आएकी थिइन्। उनलाई संक्रमण पुष्टि भएपछि मंगलबार नै कोभिड वार्डमा सारिएको थियो।

    यस्तै काठमाडौंका वृद्ध भने १५ गते अस्पताल भर्ना भएका थिए। मधुमेह र रक्तचापको समेत रोगी रहेका उनलाई पहिलो दिनदेखि नै आईसीयूमा भर्ना गरिएको थियो। दुबै जनाको उपचारकै क्रममा मृत्यु भएको हो ।

    दुबै मृतकको शव नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी गरेको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार