काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले समाजवादी मोर्चामार्फत नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादी गसिएर एउटै पार्टी पनि बन्न सक्ने बताएका छन्।
कम्युनिस्ट पार्टी स्थापना दिवसका अवसरमा राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा नेपालले चाडै समाजवादी मोर्चा बन्ने बताए। उनले मोर्चाको कार्यदिशा मिले पार्टी नै एकता हुनसक्ने बताएका हुन्।
‘विचार मल्यो भने, राजनीतिक कार्यदिशा पनि मिल्यो भने, संगठनात्मक सोच पनि मिल्यो भने, कार्यशैली पनि व्यवस्थापन गर्न सकियो भने, मन पनि मिल्यो भने हामी एउटै पार्टी पनि हुन सक्छौँ’, नेपालले भने, ‘हाम्रो दिलको धड्कन उस्तै उस्तै गरी धड्किरहेको छ।’
तर कम्युनिस्ट पार्टीमा विभिन्न खालका विकृतिहरु अहिले पनि कायम रहेको उनको भनाइ छ। यसअघि माओवादी केन्द्र र एकीकृत समाजवादीबिच पार्टी एकता गर्न भन्दै समिति समेत बनेको थियो। तर नेकपा (एमाले) र माओवादी केन्द्रका बिचमा सहकार्य भएपछि उक्त एकता प्रयास असफल भएको थियो।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको रास्वपाका प्रवक्ता...
काठमाडौं । सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन, २०५२ कार्यान्वयन गर्ने क्रममा काठमाडौं महानगरपालिका वडा नं ४,५,८,९,१०,१२...
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको समूहले १५औं महाधिवेशन खुलामञ्चमा गर्ने भएको छ । देउवा समूहले २१–२३ मंसिरका लागि निर्धारण गरेको महाधिवेशन खुलामञ्चमा गर्ने...
काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञान कुमार थापाबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको भएको छ । सुनुवाइ समितिको सचिवालयका अनुसार प्रस्तावित राजदूत...
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend