एजेन्सी। भारतको पञ्जाबमा स्वतन्त्र खालिस्तान अभियान चलाइरहेका अमृतपाल सिंहलाई प्रहरीले पक्राउ गरेको छ। ‘वारिस पञ्जाब दे’ संगठनका प्रमुख सिंह पक्राउ परेको पञ्जाब प्रहरीले पुष्टि गरेको छ ।
पञ्जाब प्रहरीले ट्विट गरी सिंह मोगा क्षेत्रबाट पक्राउ परेको जानकारी दिएको हो। उनी पक्राउ परेसँगै प्रहरीले नागरिकलाई शान्ति र सद्भाव कायम राख्न आग्रह गरेको छ।
सिंहले सिख समुदायका लागि खालिस्तान स्वायत्त राज्यको अभियान चलाइरहेका थिए । केही वर्ष दुबईमा बसेर गत वर्ष अगष्टमा पञ्जाब फर्किएका उनले सुरुमा अमृत सञ्चार र नशामुक्त आन्दोलन सुरु गरेका थिए।
केही समययता उनका समर्थकले बेलायत तथा अमेरिकामा समेत प्रदर्शन गर्दै आएका थिए। भारतीय प्रहरी उनको तीव्र खोजीमा रहेको थियो।भारतीय प्रहरीले केही समयअघि नेपाल आएर लुकेको भन्दै नेपाल सरकारसँगसमेत उनको खोजीका लागि सहयोग समेत मागेको थियो।
एजेन्सी । ब्राजिलमा चौथोपटक वाममन्थी नेता लुइज इनासियो लुला डा. सिल्भा राष्ट्रपतिमा निर्वाचित भएका छन् । आइतबार भएको दोस्रो चरणको निर्वाचनमा उनले दक्षिणपन्थी उम्मेदवार फ्लाभियो...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
बेइजिङ । चीनको दुर्गम तिब्बत क्षेत्रमा बिहीबार राति गएको ७.० म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका...
काठमाडौँ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दुबईबाट तेल अभिभ जाँदै गरेको फ्लाई दुबईको विमानमा भएको घटनाबारे इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग फोनमा कुरा गरेका छन्। ट्रम्पका...
काठमाडौँ। चीनका राष्ट्रपति सी चिनफिङ पत्नीसहित बुधबार राति वासिङ्टन पुगेका छन्। तीन दिन अमेरिका भ्रमणका लागि उनी अमेरिका पुगेका हुन्। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको दम्पतीले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend