Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रास्वपा लक्षित प्रचण्डको टिप्पणी – खहरे खोला सुक्नेवाला छ


    बुधबार, बैशाख ६ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी खहरे खोला सुक्ने टिप्पणी गरेका छन् । तनहुँको डुम्रेमा आज आयोजित संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले रास्वपाप्रति लक्षित गर्दै खहरे खोलाको संज्ञा दिएका हुन् ।

    उनले भने, ‘कहिलेकाहीँ खहरे खोला डरलाग्दो गरी आउँछ त्यो खहरे छिनभरमै सुक्छ । नदी गम्भीर ढङ्गले आफ्नै गतिमा महासागरतिर लम्किरहन्छ ।’

    उनले कुनै आँधी, हुरी र बताससँग नआत्ती सतिसाल झैं खडा भएर शान्ति, संविधान र विकासको निम्ति उभिन आग्रह गरे ।

    एमालेसहित सात दलीय गठबन्धनबाट प्रधानमन्त्री हुँदा पनि आफूलाई चैन नभएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले स्वाभाविक गठबन्धन यही भएको बताए । यो उपनिर्वाचनमा गोविन्द भट्टराईलाई जिताउने नभई गठबन्धनलाई जिताउने समेत उनले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार