काठमाडाैं। भारतका लाखौं मानिस दिन प्रतिदिन बढ्दै गएको गर्मीका कारण हुने थकान र घातक स्ट्रोकको खतराको घेरामा रहेका छन्।
भारतको मौसम विभागले हरियाणा, उत्तर प्रदेश, पश्चिम बंगाल, बिहार र उडिसामा लूको चेतावनी जारी गरेको छ ।
अघिल्ला वर्षहरूको भन्दा बढी गर्मी यसपालि हुने समभावना देखिएको छ । सन् २०२२ मा आएको लूका कारण धेरै मानिसहरू पीडामा परेका थिए अनि गहुँको विश्वव्यापी आपूर्तिमा असर परेको थियो । अहिले पोहोरको भन्दा बढी गर्मी हुने प्रक्षेपण गरिएको छ ।
मानिसहरूले एसी र फ्यान अत्यधिक चलाउनाले विद्युतीय आपूर्तिमा समस्या आउने चिन्ता पनि व्यक्त गरिएको छ ।
तातोसँग आर्द्रता पनि मिसिएमा खतरनाक मात्र नभई सांघातिक समेत हुन पुग्छ । भारतको १.४ अर्ब जनसंख्यामध्ये अधिकांश घरबाहिर काम गर्ने गर्छन् । उनीहरूलाई गर्मीबाट सुरक्षाको उचित प्रबन्ध हुने गर्दैन ।
निर्माण क्षेत्रका मजदूर, ठेलामा सामान बेच्ने, रिक्सा तान्ने लगायतका मानिस प्रत्येक गर्मीमा मर्ने गरेका छन् । उनीहरूसँग गर्मी भगाउने साधनको अभाव छ ।
गर्मीका कारण मजदूर गुमाउनुपर्ने स्थिति भारतमा जति विकराल अन्य कुनै देशमा पनि छैन ।
गत आइतबार मात्र ११ जना शरीरमा पानीको अभाव तथा हीट स्ट्रोकका कारण ज्यान गुमाउन बाध्य भएका थिए । महाराष्ट्र सरकारले आयोजना गरेको एक कार्यक्रममा सहभागी हुने क्रममा घन्टौंसम्म चर्को घाममा बस्दा उनीहरूको मृत्यु भएको थियो ।
लगातार पानी पिइरहन र घाममा ननिस्कन, हलुका कपडा लगाउन, सूतीको खुकुलो कपडा लगाउन र टाउको छोप्नका लागि स्वास्थ्य अधिकारीहरूले मानिसलाई सचेत गराइरहेका छन् ।
काठमाडौँ। अमेरिका र इरानबीच फेरि तनाव सुरू भएको छ। अमेरिकाले शनिबार राति इरानमा फेरि भीषण हवाई हमला गरेपछि फेरि तनाव सुरू भएको हो। अमेरिकी केन्द्रीय...
काठमाडौँ। भेनेजुएलामा शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १४ सय नाघेको छ। बुधबार बेलुकी ७.१ र ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी आइतबारसम्म मृत्यु हुनेको संख्या...
काठमाडौँ। भेनेजुएलामा प्रकृतिको डरलाग्दो प्रकोप देखिएको छ । देशमा लगातार आएका दुई अत्यन्त शक्तिशाली भूकम्पले ठूलो विनाश मच्चाएको छ। राजधानी काराकाससहित धेरै क्षेत्रमा बहुमंजिला भवनहरू...
काठमाडौँ । फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओलाई केन्द्रबिन्दु बनाएर सोमबार बिहान ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसका अनुसार भूकम्प सोमबार बिहान स्थानीय...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग हुन सक्ने सम्भावित सम्झौताबारे आफूले चाँडै नै ‘अन्तिम निर्णय’ लिने बताएका छन् । उक्त सम्झौताले युद्धविरामको अवधि लम्ब्याउन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend