Nepal Face
  • शुक्रबार, २१ कार्तिक २०८३
  • कोरोना संक्रमणबाट वीरगञ्जमा थप एक ५३ बर्षीय पुरुषको मृत्यु


    मंगलबार, भाद्र १६ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • वीरगञ्ज । कोरोना भाइरस संक्रमणबाट पर्साको वीरगञ्जमा थप एक ५३ बर्षीय पुरुषको मृत्यु भएकोछ । मृतक  वीरगञ्ज महानगरपालिका–२० हरपतगञ्जका हुन् ।

    अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा उपचारको क्रममा गए राति १२ः४५ मा उनको मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता बरिष्ठ चर्मरोग विशेषज्ञ डा. अतुलेश कुमार चौरसियाले जानकारी दिएका छन् ।

    टाइप टु मधुमेह र मिर्गौलाको समस्याबाट ग्रसित उनको साउन ३० गते स्वाब संकलन गरिएको थियो । त्यसको भोलिपल्ट पीसीआर रिपोर्ट पोजेटिभ आएका कारण उनलाई वीरगञ्ज हेल्थ केयर अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

    वीरगञ्जमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५२ पुगेको छ । साउनयता मात्रै ४८ जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये पर्साका ३८ जना, बाराका १० जना र रौतहटका ४ जना छन् ।
    जेठ ३० गते वीरगञ्जको घण्टाघरमा भेटिएको बेवारिसे शवमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो तर उनको हालसम्म पहिचान खुल्न सकेको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार