Nepal Face
  • शुक्रबार, २१ कार्तिक २०८३
  • साउदीमा चेक-जाँचनै नगरी कोरोना रिपोर्ट दिने नेपाली डाक्टरमाथि कारवाहीको माग


    सोमबार, भाद्र १५ २०७७
    945
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • दोहा | साउदीमा चेक-जाँचनै नगरी कोरोना रिपोर्ट दिने नेपाली डाक्टरमाथि कारवाहीको माग गरिएकाे छ। नेपाली जनप्रगतिशील मोर्चा साउदीले ढाका मेडिकल सेन्टरमा कार्यरत नेपाली डाक्टर अनिरुद्र पाठकलाई कारवाही गर्न माग गरेको हाे।

    डाक्टर पाठकले ४८०० देखि ६४०० रूपैयासम्म चार्ज लिदै बिना चेक जाँच गरि पीडितहरुलाई कोरोनाको पिसिआर रिपोर्ट नेगेटिभ दिदै आएको खुलासा पिडित “झपड बहादुर बस्नेत” नेपाल पुगिसकेपछि कार्यक्रम मार्फत गरेको भन्दै मोर्चाले यस बिसयमा दूतावास रियाद र नेपाल सरकारको गम्भीर ध्यानाकर्षणको लागि मोर्चाले आवाज उठाएको हो । 

    साउदीस्थित नेपाली दूतावासले स्वीकृति दिएको साउदीको राजधानी रियाद शहरको बथ्थास्थित ढाका मेडिकल सेन्टरमा कार्यरत नेपाली डाक्टर पाठकले नेपाली श्रमिकहरु उद्धारको नाममा एक त नेपाल सरकारबाटै अपहेलित र पीडित हुँदाहुँदै पनि अनेकौ ऋण गरि नेपाल गएका तथा जना लागेका नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुबाट कोरोना जाच गर्ने बहानामा मोटो रकम लिने गरेको बिज्ञप्तिमा उल्लेख गरेको छ । 

    bd9d976c454fb982d4e445e33e8d9d571598844101.jpg

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार