Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काठमाडौंका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण


    सोमबार, भाद्र १५ २०७७
    880
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना भारइस संक्रमण पुष्टि भएको छ । ग्राण्डी  अस्पतालमा गरिएको परीक्षणमा मेयर शाक्यमा कोरोना संक्रमण पुष्टि भएको हो ।

    मेयर शाक्यले आफू होम आइसोलेशनमा बसिरहेको बताएका छन् । उनले श्रीमतीसमेतको कोरोना परीक्षण गराएका थिए । तर, श्रीमतीको भने नेगेटिभ रिपोर्ट आएको छ ।

    शाक्यको श्रीमतीलाई ज्वरो आएपछि जाँचका लागि आइतबार बिहान ग्राण्डी अस्पताल पुगेका थिए । सोही समय आफ्नो पनि स्वाब दिएको उनले बताएका छन् ।

    आज अस्पतालले फोन गरेर आफूलाई संक्रमण भएको जानकारी दिएको उनले बताए । मेयर शाक्यले आफूलाई केही दिनअघि भने थोरै जिउ दुखेर असहज भएको तर अहिले कुनै लक्षण नभएको बताए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार