काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले आज संसद्को आकस्मिक समयमा बोल्दै चिकित्सा शिक्षातर्फ भर्ना प्रक्रिया अस्तव्यस्त बनेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् । कार्कीले अदालतबाट उचित आदेश जारी भएपनि भर्ना प्रक्रिया नसच्याइएको भन्दै आपत्ति जनाएका हुन् ।
कार्कीले भनिन्, ‘स्नातकोत्तर तहको विद्यार्थी भर्ना प्रक्रियामा म्याचिङ प्रणालीमा योग्यताक्रम मिचिएको छ । अदालतबाट उचित आदेश प्राप्त भयो तर,पनि भर्ना प्रक्रिया सच्याइएको छैन । राष्ट्रिय चिकित्सा शिक्षा ऐनको परिच्छेद ६ को दफा १६ र १७,चिकित्सा शिक्षा नियमावलीमा योग्यताक्रम अनुसार भर्नाको स्पष्ट व्यवस्था छ । एकीकृत प्रवेश परीक्षाको मुल मर्म नै जान्नेलाई छान्ने हो ।’
त्रुटिपूर्ण कार्यविधिले कम अंक ल्याउने विद्यार्थीले छात्रवृत्ति पाउने,रोजेको विषय र शिक्षण संस्था पाउने तर,बढी अंक ल्याउने विद्यार्थीले भने छात्रवृत्ति पनि नपाउने र शिक्षण संस्था पनि रोज्न नपाउने अवस्था सिर्जना भएको बताइन् ।
कार्कीले भनिन्,‘नियमावली र ऐनको मर्म मिचिएको छ । त्यसकारण कम्प्युटर बेस्ट प्रणालीमा म्याचिङ गर्नुपर्छ । तसर्थ भर्ना प्रक्रिया सच्याइयोस् ।’
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति गगन थापाले पदाधिकारी र...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले अस्पतालको सरसफाइ, शय्या उपलब्धता, बिरामीको प्रतीक्षा समय न्यूनीकरण र स्वास्थ्य सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै...
काठमाडौँ। नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा तातोपानी नाका सञ्चालनमा ध्यान दिन सुझाव दिएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण आज हुँदै छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम साता सम्पन्न...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend