काठमाडौँ। विश्वका प्रदूषित शहरको पहिलो नम्बरमा आज काठमाडौं परेको छ । आज वायु प्रदुषण धेरै भएका विश्वका सहरहरूको सूचीमा काठमाडौं पहिलो नम्बरमा आएको हो ।
संसारभरिका सहरको वायु प्रदुषणको मात्रा नाप्ने आईक्युएयरका अनुसार आइतबार सबैभन्दा धेरै वायु प्रदुषण भएको सहरमा काठमाडौं एक नम्बरमा पुगेको हो।
काठमाडौंको एयर क्वालिटी इन्डेक्स २०८ छ भने दोस्रो स्थानमा थाइल्यान्डको चियाङ माई सहर छ। उक्त सहरको एयर क्वालिटी इन्डेक्स १८३ छ।
वातावरण विभागको तथ्यांकअनुसार अहिले सबैभन्दा धेरै वायु प्रदुषण शंखपार्क क्षेत्रमा छ भने त्यसपछि भैंसेपाटी, खुमलटार, रत्नपार्क, कीर्तिपुरमा बढी वायु प्रदुषण छ।
विभागले यसअघि नै देशका विभिन्न स्थानमा लागेको डढेलोका कारण वायु प्रदुषण ह्वात्तै बढेकाले सचेतता अपनाउन भनेको थियो।
आज बिहान तुवाँलो लागेर भिजिविलिटी कम हुँदा भरतपुर, सिमरा र पोखरा विमानस्थलबाट जहाज उड्न सकेका थिएनन्।
यस्तै,भारतका २ शहर दिल्ली र कोलकाता, पाकिस्तानको लाओस र भियतानमको हानोइ शहर पनि अस्वस्थकर प्रदुषण भएकामा परेका छन्।
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
काठमाडौँ। मोइन अलीको अर्धशतक र राहुल यादवको घातक बलिङमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग ९एनपीएल० मा पहिलो जित हासिल गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति गगन थापाले पदाधिकारी र...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले अस्पतालको सरसफाइ, शय्या उपलब्धता, बिरामीको प्रतीक्षा समय न्यूनीकरण र स्वास्थ्य सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै...
काठमाडौँ। सार्वजनिक लेखा समितिअन्तर्गतको निर्वाचन प्रहरीको पोशाक खरिदसम्बन्धी अध्ययन उपसमितिले आगामी दुई साता कागजात अध्ययन गर्ने भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend