Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • १४८ कोरोना संक्रमितको अवस्था गम्भीर, आईसीयू र भेन्टिलेटरमा उपचार जारी


    सोमबार, भाद्र १५ २०७७
    870
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । गम्भीर रुपमा बिरामी भएका कोरोना संक्रमितको आईसीयूमा र भेन्टिलेटरमा उपचार भैरहेको छ। सोमबारसम्म देशभर १ सय ४८ जना कोरोना संक्रमितको विभिन्‍न अस्पतालको आईसीयूमा र भेन्टिलेटरमा उपचार भैरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

    मन्त्रालयको तथ्यांक अनुसार १६ जना भेन्टिलेटरमा र १ सय ३२ जना संक्रमित आईसीयूमा उपचाररत छन् । 

    बागमती प्रदेशमा ७० जना आईसीयूमा रहेका छन् भने  १३ जना भेन्टिलेटरमा रहेका छन् । त्यस्तै प्रदेश १ मा चार जना आईसीयू र एक जना भेन्टिलेटरमा रहेका छन्।

    मन्त्रालयको तथ्यांक अनुसार प्रदेश २ मा ३८, प्रदेश ५ मा १७ आईसीयू र दुई जना भेन्टिलेटरमा, र सबै भन्दा थोरै गण्डकी प्रदेशमा तीन संक्रमित आईसीयूमा उपचाररत छन् । 

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार